पद पुनः बहाली गराउने सर्वोच्च अदालतको अन्तरिम आदेशपछि गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापाले जनताको भावनाको कदर भएको बताएका छन् ।
राष्ट्रिय जनमोर्चाबाट निर्वाचित बागलुङ क्षेत्र नम्बर १ (ख) का सांसद थापालाई पार्टीको निर्देशन नमानेको भन्दै पदमुक्त गरिएको विरुद्धमा परेको रिटमा आज अन्तरिम आदेश भएको हो ।
पद खारेज नगर्न अन्तरिम आदेश आएपछि प्रतिक्रिया दिँदै थापाले जनताको भावनामाथि अदालतले कदर गरेको भन्दै थप ससक्त भएर आफ्नो जिम्मेवारी पूरा गर्ने बताए ।
“विपक्षी नेपाली काँग्रेसलाई सरकार बनाउन मेरै पार्टीले...