नेकपा एमालेले पार्टीबाट अलग भएर फरक पार्टी गठनमा लागेको समूहलाई मूल धारमा फर्कन आव्हान गरेको छ । मंगलबार बसेको सो पार्टीको स्थायी समिति बैठकले पारित गरेको प्रस्तावमा विगतका कुनै पनि क्रियाकलापलाई लिएर पूर्वाग्रह नराखिने भन्दै एकतामा आउन आह्वान गरेको हो । ‘तसर्थ एमालेबाट विभाजित भएर अलग्गै पार्टी दर्ता गर्ने प्रयास गरिरहेका कमरेडहरूलाई हामी आग्रह गर्छौँ– मुलुकका सामु उपस्थित असाधारण सम्भावना र अकल्पनीय चुनौतीप्रति संवेदनशील हुँदै पार्टीको काँधमा उपस्थित ऐतिहासिक अभिभाराप्रति सचेत