आयल निगमकै बाटोमा विद्युत् प्राधिकरण : प्रतियुनिट २५ रुपैयाँ बढी घाटा खाएर बिजुली बेच्दै

चैत १०, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अहिले भारतमा देखिएको ऊर्जा संकट कायमै रहे विद्युत् प्राधिकरणले ठूलो घाटा व्यहोर्नुपर्ने अवस्था आएको बताएको छ । बिहीवार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले भारतबाट प्रतियुनिट ३८ रुपैयाँ सम्ममा बिडि गरेर बिजुली ल्याउन लागेको बताएका छन् । भारतबाट ३८ रुपैयाँमा ल्याएको बिजुली नेपालमा भने १०/१२ रुपैयाँमै दिनुपर्छ । एकै युनिटमा २५ रुपैयाँ भन्दा बडी घाटा खाँदा प्राधिकरण पनि नेपाल आयल निगमकै बाटोमा जाने देखिएको छ । अहिले आयल निगमले पनि भारतबाट महँगोमा पेट्रोलियम पदार्थ ल्याएर घाटा खाएरै बेचीरहेको छ । बुधवार बोलकबोलमा विद्युत् खरीदविक्री हुने भारतीय प्रतिस्पर्धी बजारमा औसत मूल्य प्रतियुनिट १५ दशमलव २७ पैसा भारु पुगेको थियो ।  बुधवार भारतीय खुला बजारबाट बिडिङमार्फत विद्युत् किनेर स्थानीय बजारमा आपूर्ति गर्दै आएको छ । प्राधिकरणले बिहीवारका लागि १९ रुपैयाँ २० पैसामा बिडिङ गरे पनि पाउन नसकेको पत्रकार सम्मेलनमा प्रवक्ता सुरेश भट्टराईले बताए । प्राधिकरणले भारतबाट विद्युत् किन्न अघिल्लो दिनमै बिड प्रस्ताव गर्नुपर्छ । बिहीवारदेखि उद्योगमा विद्युत् आपूर्ति हुने नेपाल विद्युत् प्राधिकरणले बिहीवार रातीदेखि औद्योगिक क्षेत्रमा विद्युत् सूचारु हुने बताएको छ । कुनै पनि हालतमा लोडसेडिंग हुन नदिने भन्दै प्रतियुनिट ३८ रुपैयाँसम्म हालेर विद्युत किन्न बिड गरेको प्राधिकरणको भनाई छ । प्राधिकरणले भारतबाट ढल्केबर - मुजफरपुर सर्किटहुँदै नेपालमा विद्युत् आपूर्ति सूचारु गरिएको पनि बताएको छ ।  विद्युत् प्राधिकरणका अनुसार  भारतबाट प्रतियुनिट ३८ रुपैयाँ २० पैसामा खरीद गरेर बिहीवार रातीदेखि  नेपालका विभिन्न औद्योगिक क्षेत्रमा  विद्युत् आपूर्ति सूचारु गर्न लागिएको हो । नेपाल विद्युत् प्राधिकरणले बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले, भारतबाट विद्युत् आपूर्तिमा समस्या आउँदा विगत तीन दिनदेखि नेपालको औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या आएको बताए । साथै उनले यो अल्पकालिन समस्या मात्रै भएको र धेरै समय नलम्बिने पनि दावी गरे । उनले रूस-युक्रेन संकटका कारण ऊर्जा संकट देखिएको पनि बताए । भारतमा  कोइलाको आयात अवरुद्ध हुँदा ऊर्जा उत्पादन पनि कम भएको र नेपालमा सुक्खा मौसममा विद्युत् आपूर्ति समस्या आएको उनको भनाइ छ ।  उनले नेपालमा अल्पकालिन समस्याको रुपमा औद्योगिक क्षेत्रमा लोडसेडिंग  भएको भन्दै औद्योगिक  क्षेत्रमा आलोपालो विद्युत् आपूर्ति गरिने बताए । उनले यस्तो परिस्थिति एक डेढ महीनासम्म हुने भन्दै असारपछि समस्या नआउने बताए । रूस-युक्रेन युद्धले बिजुली महंगियो प्राधिकरणले भारतका जलविद्युत् आयोजना पूर्ण क्षमतामा नचलेको र  त्यसमा विद्युत् उत्पादन गर्ने प्रमुख माध्यम मानिएको कोइलाको समेत अभाव भएकाले मूल्य बढेको बताएको छ । भारतमा  एक महीनादेखि कोइलाबाट उत्पादन हुने विद्युत् उत्पादन बन्द भइसकेको उनले बताए । करीब १२ हजार मेगावाट प्रतिघण्टा भारतबाट विद्युत् आपूर्ति हुँदै आएकोमा रुस-युक्रेन युद्धको कारण भारतमा बिजुली महंगिएको र त्यसैको असर  नेपालमा परेको उनले बताए ।   भारतीय प्रतिस्पर्धी बजारमा विद्युतको मूल्य थप आकासिए पछि प्राधिकरणले गरेका ‘बिड’बाट भारतीय कम्पनीहरुले नै उच्च मूल्य राखेर बिजुली किनेका छन् ।  प्राधिकरणले बिडिङमा प्रस्ताव गरेको दरभन्दा भारतीय खुला बजारमा कायम हुने दर बढी भएपछि आपूर्तिमा समस्या आएको हो ।  यसले गर्दा यो सुक्खायाममा प्राधिकरणलाई भारतबाट आयात हुने पर्याप्त बिजुली ल्याउन नसकेपछि उद्योगमा २४ घण्टा नै बिजुली दिन समस्या परेको छ ।

सम्बन्धित सामग्री

विद्युत् प्राधिकरण इनरुवाका कर्मचारी अख्तियारको नियन्त्रणमा

इनरुवा। सुनसरी सदरमुकाम समेत रहेको इनरुवामा रहेको नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीले मङ्गलबार नियन्त्रणमा लिएको छ । विद्युत् प्राधिकरणबाट उद्योगमा विद्युत् क्षमता वृद्धि गरिदिए बापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भनी गोप्य सूचनाका आधारमा अख्तियारको इटहरीबाट खटिएको टोलीले २५ हजारसहित पक्राउ गरेको अख्तियारका केन्द्रिय प्रवक्ता भोला […]

विद्युत् प्राधिकरण र सशस्त्र प्रहरीबीच चार्जिङ स्टेशनसम्बन्धी सम्झौता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा सञ्चालन र सशस्त्र प्रहरी बल नेपालका विभिन्न एकाइमा इन्डक्सन चुलोको प्रयोगमा सघाउ पुर्‍याउनेसम्बन्धी आज सम्झौता भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आज […] The post विद्युत् प्राधिकरण र सशस्त्र प्रहरीबीच चार्जिङ स्टेशनसम्बन्धी सम्झौता appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

विद्युत् प्राधिकरण र सशस्त्र प्रहरीबीच चार्जिङ स्टेशन निर्माणसम्बन्धी सम्झौता

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा संचालनसम्बन्धी सम्झौता भएको छ ।  शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबीच यस्तो सम्झौता भएको हो । यस्तै विद्युत् प्राधिकरण र सशस्त्र प्रहरीबीच सशस्त्र प्रहरीका […]

धितोपत्र बजारमा भित्रिँदै विद्युत् प्राधिकरण

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरण धितोपत्र बजारमा आउने भएको छ । कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरिरहेको अवस्थामा सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत प्रिमियममा आईपीओ जारी गर्ने घोषणा गरेको हो । कम्पनी आफै पनि सरकारसँग स्वीकृति लिएर सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा रहेको थियो । सरकारले बजेटमार्फत नै प्राधिकरणको आईपीओलाई प्राथमिकतामा राखेको छ । प्राधिकरणको पूँजीवृद्धिको स्वीकृति सरकारले दिनुपर्ने व्यवस्था ऐनमा छ । ऐनमा प्राधिकरणको शेयरपूँजी नेपाल सरकारले तोक्ने व्यवस्था छ । हाल प्राधिकरणको चुक्तापूँजी रू. १ खर्ब २ अर्ब ४४ करोड छ । विगतमा वार्षिक घाटा र सञ्चित नोक्सानीमा रहेको प्राधिकरण केही वर्षयता नाफामा गएसँगै आईपीओ निष्कासन गर्ने योजनामा पुगेको हो । आर्थिक वर्ष २०७२/७३ मा रू. ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूमा निरन्तर नाफामा छ । प्राधिकरणले उपलब्ध गराएको पछिल्लो वित्तीय तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महीनामा रू. १२ अर्ब १२ करोड नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा प्राधिकरणको नाफा रू. ६ अर्ब १८ करोड थियो । चालू आवको पहिलो ६ महीनामा सार्वजनिक संस्थानहरूमध्ये सबैभन्दा बढी नाफा कमाउन प्राधिकरण सफल भएको छ । यस वर्ष विद्युत् चुहावट नियन्त्रण, भारततर्फ विद्युत् निर्यातको परिमाणमा भएको वृद्धि, विद्युत् आयातमा कमी, विद्युत् विक्रीमा वृद्धि र अन्य आय बढेकाले नाफा उत्साहजनक रहेको प्राधिकरणको भनाइ छ । सञ्चालन खर्चमा कटौती, प्रशासनिक तथा वित्तीय सुधारका लागि चालिएका कदम र ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनासँगको विद्युत् खरीददर निजीक्षेत्रका अन्य आयोजनाको तुलनामा केही सस्तो भएकाले पनि यस वर्ष नाफा बढेको प्राधिकरणले बताएको छ । प्राधिकरणले चुहावट नियन्त्रणलाई अझै प्रभावकारी र वित्तीय अनुशासनलाई कडाइ गरी आगामी दिनमा रू. १५ अर्बभन्दा बढी नाफा गर्ने उद्देश्यका साथ काम गरिरहेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले अहिले विश्व बैंक, एशियाली विकास बैक जस्ता बहुपक्षीय विकास साझेदार निकायबाट सरकारी जमानीमा ऋण लिँदै आएको छ । गत फागुनमा प्राधिकरणको क्रेडिट रेटिङ भएको थियो । रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले प्राधिकरणलाई वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहेको संकेत गर्ने ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको थियो । डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ऋण भुक्तानी जोखिम निकै कम हुन्छ । क्रेडिट रेटिङमार्फत कुनै व्यक्ति वा संगठित संस्थाको शाखको गुणस्तर सम्बन्धमा मूल्यांकन गर्ने तथा राय प्रकट गर्ने काम गरिन्छ । क्रेटिड रेटिङले प्राधिकरणसँगको कारोबार सबै हिसाबले सुरक्षित रहेको संकेत दिएसँगै प्राधिकरणले आफ्नो संस्थागत जमानीमा सीधै ऋण लिन सक्ने बाटो खुला भएको छ । नेपाल विद्युत् प्राधिकरण जस्तो कम्पनी धितोपत्र बजारमा भित्रिँदा सकारात्मक प्रभाव पर्ने विश्वास लगानीकर्ताको छ । लगानीकर्ता नयन बास्तोलाले सरकारकै स्वामित्वमा सञ्चालित यस्ता कम्पनीले पनि बजारमा प्रवेश बढाए बजारप्रति लगानीकर्ताको विश्वास बढ्ने बताए । पूँजीबजारको विविधीकरणको विषय बजेटमै उल्लेख भइरहँदा फरक खालका कम्पनीको धितोपत्र सूचीकृतका लागि आवश्यक वातावारण बन्नुपर्ने माग उनको छ । धितोपत्र बजारमा हाल बैंक तथा वित्तीय संस्थाहरूको मात्र बाहुल्य रहेकोमा प्राधिकरणजस्ता सरकारी स्वामित्वका अन्य कम्पनी पनि भित्रिए बजारको सौन्दर्य बढ्ने विश्वास उनको छ ।

विद्युत् प्राधिकरण ‘टाट पल्टिने’ अवस्थामा जाँदै छः योगेश भट्टराई

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेका सांसद् योगेश भट्टराईले विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गएको बताएका छन्। प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले भारतबाट महंगोमा बिजुली किनेर सस्तोमा बेचेको विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गइरहेको बताएका हुन्। ‘अहिले […]

आईपीओ निष्कासनको तयारीमा विद्युत् प्राधिकरण

काठमाडौं, फागुन १६ । । पूर्ण सरकारी स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरेको छ । सरकारले प्राधिकरणको दोस्रो वित्तीय पुनःसंरचना गर्ने योजनाअन्तर्गत शेयर निष्कासनका लागि सहमति दिइसकेकाले त्यसअनुसार सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरिएको हो । प्राधिकरण विद्युत् व्यापार, उत्पादन, वितरण तथा प्रसारण गर्दै आएको सरकारी कम्पनी हो । अब त्यसमा जनताको […]

आईपीओ निष्कासनको तयारीमा विद्युत् प्राधिकरण

काठमाडौं । पूर्ण सरकारी स्वामित्वमा  रहेको नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरेको छ । सरकारले प्राधिकरणको दोस्रो वित्तीय पुनःसंरचना गर्ने योजनाअन्तर्गत शेयर निष्कासनका लागि सहमति दिइसकेकाले त्यसअनुसार सर्वसाधारणलाई शेयर निष्कासनको तयारी गरिएको हो । प्राधिकरण विद्युत् व्यापार, उत्पादन, वितरण तथा प्रसारण गर्दै आएको सरकारी कम्पनी हो । अब त्यसमा जनताको पनि स्वामित्व हुने छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शेयर जारी गर्ने विषयमा छलफल अगाडि बढाइएको बताए । अर्थ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्वीकृति दिएपछि शेयर निष्कासन गरिने उनको भनाइ छ । ‘सर्वसाधारणलाई शेयर निष्कासन गर्ने सम्बन्धमा छलफल अगाडि बढेको छ,’ आर्थिक अभियानसँग उनले भने, ‘आवश्यक प्रक्रिया पूरा भएपछि शेयर निष्कासन गर्नेछौं ।’ सरकारको स्वीकृतिमा नेपाल विद्युत् प्राधिकरण ऐनमा भएको व्यवस्थाबमोजिम सर्वसाधारणलाई शेयर जारी गरिने उनको भनाइ छ । ‘विगतमा प्राधिकरण वार्षिक घाटा र सञ्चित नोक्सानीमा थियो, अब सबै वित्तीय सूचकांकहरूमा उल्लेख्य सुधार आइसकेको छ,’ उनले भने, ‘क्रेडिट रेटिङबाट पनि प्राधिकरणमा लगानी सबै हिसाबबाट सुरक्षित रहेको विश्लेषण गरिएको छ । अब ऐनमा भएको व्यवस्थाअनुसार शेयर निष्कासन गर्न सरकारसँग सहमति लिएर प्रक्रिया अगाडि बढाउँछौं ।’ यस्तै, प्राधिकरणले ऋण लिने सम्बन्धमा गरेको रेटिङमा इक्रा नेपालले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ दिएको छ । डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ । इक्रा नेपालले प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिमहरूको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्त्वलगायतको विश्लेषण गरेको थियो । सोही विश्लेषणका आधारमा प्राधिकरणको क्रेडिट रेटिङ गरिएको हो । ‘प्राधिकरणले अहिले विश्व बैंक, एशियाली विकास बैंकजस्ता बहुपक्षीय विकास साझेदार निकायहरूबाट सरकारी जमानीमा ऋण लिँदै आएको छ,’ उनले भने, ‘क्रेटिड रेटिङले प्राधिकरणसँगको कारोबार सबै हिसाबले सुरक्षित रहेको देखाएकाले अब त्यस्ता निकायसँग प्राधिकरणले आफ्नो संस्थागत जमानीमा सीधै ऋण खोज्न र लिन सक्छ ।’ सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत नयाँ आयोजना कार्यान्वयन गर्दा प्राधिकरणले कर्पाेरेट जमानीमा स्रोत परिचालन गर्ने क्षमता विकास गरिने घोषणा गरिएको थियो । सोही अनुसार प्राधिकरणको क्रेडिट रेटिङ गरिएको हो । इक्रा नेपालले प्राधिकरण सरकारको पूर्ण स्वामित्वमा रहेको, विद्युत् प्रसारण, वितरण र मुलुकभित्र तथा बाहिरी मुलुकसँग विद्युत् खरीद विक्रीको एकाधिकार प्राप्त तथा सरकारको रणनीतिक संस्था भएको, सहायक कम्पनीसहित करीब १ हजार १०० मेगावाटको विद्युत् उत्पादन क्षमता भएको, सरकारले हरेक वर्ष बजेटमार्फत ऋण र शेयरमा लगानी गर्ने गरेको उल्लेख गरेको छ ।

विद्युत् प्राधिकरण गौर शाखाले एक महिनामा २० लाख जरिवाना उठायो

१२ पुस, रौतहट। नेपाल विद्युत् प्राधिकरण गौर शाखाले एक महिनामा २० लाखभन्दा बढी रकम जरिवाना असुल गरेको छ । गौर शाखाले गत मंसिर महिनामा विद्युत् चोरी गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई कारबाही गर्दा २० लाख ३० हजार ५४० रुपैयाँ असुल गरेको हो । बिजुलीको तारमा हुकिंग गरी विद्युत् चोर्नेविरुद्ध प्राधिकरणले कारवाही गरिरहेको गौर शाखाका प्रमुख […]

विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायकको झगडाले सर्वसाधारण मारमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायकहरुबीचको झगडाले सर्वसाधारण मारमा पर्न थालेका छन् । विद्युत् प्राधिकरणले आफ्ना संरचना प्रयोग गरेर भाडा नतिरेको भन्दै इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकको लाइन काट्न सुरु गरेपछि सर्वसाधारण मारमा परेका हुन । प्राधिकरणले पोल, अप्टिकल फाइबरलगायत संरचना प्रयोग गरेर भाडा नतिरेका सेवा प्रदायकहरूको लाइन काट्न सुरु […]

विद्युत् प्राधिकरण ठूलो तगारो र समस्या बन्यो : इन्टरनेट सेवा प्रदायक

इन्टरनेट सेवा प्रदायकहरूले सस्तो र गुणस्तरीय इन्टरनेट सेवा प्रवाहमा नेपाल विद्युत् प्राधिकरण तगारो बनेको आरोप लगाएका छन् । प्राधिकरणले पोल तथा ओपिजिडब्लू भाडादर अचाक्ली बढाएको आरोप उनीहरूको छ ।  पुनरावलोकन समितिको...