घर भत्किँदा घाइते किशोरीकाे उद्धार

सुर्खेतको वीरेन्द्रनगरमा घर भत्किँदा घाइते भएकी किशोरीको उद्धार गरिएको छ ।

सम्बन्धित सामग्री

पहिरोमा घर पुरिँदा हुम्लामा चारको मृत्यु

हुम्लाको चखेली गाउँपालिका–६ मेल्छाममा पहिराले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतबार राति स्थानीय मानविर विकको घरमाथिबाट पहिरो खसेर घर भत्किँदा चार जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् ।घाइते पाँच जनाको सोमबार बिहान जीवितै उद्धार गरिएको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको […]

पहिराेमा घर पुरिएर हुम्लामा चारको मृत्यु

कर्णाली– हुम्लाको चखेली गाउँपालिका–६ मेल्छाममा पहिराेले घर पुरिँदा चार जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतबार राति स्थानीय मानवीर बिकको घरमाथिबाट पहिरो खसेर घर भत्किँदा चार जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् ।  घाइते पाँच जनाको आज बिहान जीवितै उद्धार गरिएको थियो । घाइतेमध्ये दुई जनाको अवस्था […]

खराब माैसमका कारण हुम्लाबाट सुत्केरी र घाइतेको उद्दार हुन सकेन

अविरल वर्षाले घर भत्किँदा गम्भीर घाइते भएका चंखेली गाउँपालिका– ६ मेल्छामका तीन जनालाई खराब माैसमका कारण हेलिकप्टरबाट उद्दार गर्न सकिएको छैन। नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार हुने भनिएपनि खराब माैसमका कारण चंखेली गाउँपालिका-६ का...

चंखेलीका घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरिँदै

अविरल वर्षाले घर भत्किँदा सख्त घाइते भएका चंखेली गाउँपालिका–६ मेल्छामका तीन घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिने भएको छ। नेपाली सेनाको हेलिकोप्टर उद्धारका लागि कालिकोटमा अवतरण गरेको छ। मेल्छामबाट तीन घाइते...

हुम्लाको चंखेलीमा घर भत्किँदा एक जनाको मृत्यु, ६ जना बेपत्ता

परिवारमा रहेका नाै जनामध्ये दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको र एक बालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

अछाममा पहिरोले तीनजनाको मृत्यु, एक घाइते

काठमाडौं : तुर्माखाँद गाउँपालिका–२ भुलुमा पहिरोले तीनजनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।४५ वर्षिय हरिकला विष्ट, २५ वर्षीय वीरेन्द्र विष्ट र १५ वर्षीया संविधान विष्ट रहेको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिसीले जानकारी दिए।गएराति पहिरोसँगै रुखले थिच्दा घर भत्किँदा उनीहरूको मृत्यु भएको हो। ६२ वर्षकी नैना विष्ट घाइते भएकी छिन्। विष्टको उद्धार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवबहादुर विष्टले जानकारी दिए ।

कालिकोटमा पाँच तले घर भत्किँदा छ जना घाइते

कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिका–१ बस्ने लक्ष्मी पाण्डेको पाँच तले घर भत्किँदा छ जना घाइते भएका छन् । घर भत्केको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कालिकोट, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको प्रहरीले जेसिबीको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल पठाएकोमा तीन जना उपचार पश्चात डिस्चार्ज भएका […]

कालीकोटमा घर भत्किँदा ६ जना घाइते

काठमाडौं । कालीकोटमा घर भत्किँदा ६ जना घाइते भएका छन् । खाँडाचक्र नगरपालिका–१ बस्ने लक्ष्मी पाण्डेको घर भत्किँदा उनीहरू घाइते भएका हुन् । प्रहरीका अनुसार पाण्डेको पाँच तले घर भत्किएको हो ।  जिल्ला प्रहरी कार्यालय, सेना र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको प्रहरीले जेसिबीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचार लागि जिल्ला...

राजधानीको ढल्कुमा घर भत्किँदा बालक गम्भीर घाइते

ढल्कुमा घर भत्किँदा चार वर्षीय बालक गम्भीर घाइते भएका छन् ।   काठमाडौँ महानगरपालिका– १७ मा अत्यन्तै जीर्ण अवस्थामा रहेको उक्त घर भत्किँदा बालक घाइते भएका हुन् । उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।   उनका अनुसार घरमा कोही पनि नभएका अवस्थामा  घर भत्किएको र बालक भाग्न लाग्दा घरले च्यापेर गम्भीर घाइते भएको प्रहरीको भनाइ छ । उक्त घटनाका कारण अन्य मानवीय क्षति भएको छैन ।

पहिरोले घर भत्किँदा तनहुँमा एक वृद्धाको मृत्यु

लगातार केही दिनदेखि परेको वर्षातका कारण पहिरो खस्दा तनहुँमा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–१ निर्मलनगर टोलकी ६२ वर्षीया सरस्वती घर्ती हुन्।   गए राति घर पछाडिको ठूलो ढुङ्गा खसेर घर भत्किँदा पहिरामा च्यापिएर वृद्धा घाइते हुनुभएको थियो । त्यहाँबाट उद्धार गरेर अस्पताल लैजाँदा उहाँको मृत्यु भएको वडाध्यक्ष खरसिं दरैले जानकारी दिए।   वृद्धासहित पाँचजनाको परिवार घरमा सुतिरहेका थिए । घर भत्किएपछि अन्य चारजना भने भागेर ज्यान जोगाउन सफल भएको वडाध्यक्ष दरैले जानकारी दिए। चारजना सकुशल...