सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सहमहामन्त्री विपिन आचार्यसँग बयान लिएको छ । आइतबार समितिले सिंहदरबारस्थित आफ्नै सचिवालयमा आचार्यसँग बयान लिएको हो । आचार्य गोर्खा मिडियामा क्रिएटिभ डाइरेक्टरका रूपमा समेत काम गरेका थिए ।