अमेरिकाका राष्ट्रपति जो बाइडनले युक्रेनमाथि रुसको आक्रमण भएमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनमाथि व्यक्तिगत प्रतिबन्ध लगाउन सकिने बताएका छन् ।
युद्धको सम्भावना बढेपछि पश्चिमका नेताहरूले सैन्य तयारी तीव्र बनाएका छन् र युरोपलाई सम्भावित ऊर्जा आपूर्तिको समस्याबाट जोगाउन योजना निर्माण गरेका छन् ।
अमेरिका र रुसबीच युक्रेनका विषयमा भएको वार्ता निष्कर्षविहीन भएपछि बाइडनले मंगलवार पुटिनविरुद्ध चर्को कुरा गरेका हुन् ।
यसअघि अमेरिकाले भेनेजुएलाका निकोलास मदुरो, सिरियाका बशर अल असद र लिबियाका मुअम्मार गद्दाफीलाई व्...