अन्तरिम भन्ने शब्दबाट नै यो अल्पकालीन र अस्थायी प्रकृतिको हो भन्ने अर्थबोध हुन्छ । कुनै पनि रिट निवेदन अदालतमा दायर हुनेबित्तिकै फैसला हुँदैन र यसका लागि समय लाग्दछ । तर संविधान तथा कानूनको चरम उल्लंघन भएको अवस्थामा त्यस्तो काम कारबाही वा निर्णयलाई तत्काल निषेध गर्नुपर्ने वा अदालतमा विवाद प्रवेश गराउने पक्षलाई तत्काल उपचार आवश्यक पर्ने हुन्छ ।
यसै कुरालाई सम्बोधन गर्न अदालतले अस्थायी किसिमको आदेश गर्दछ । यसरी विवादको अन्तिम निरुपण नभएसम्म तत्काल कुनै कुरा यथास्थितिमा राख्न वा कुनै काम कारवाही गर्नबाट रोक्नका लागि अदालतले जार...