मुस्ताङका भेडाच्याङ्ग्रा पोखरा भित्रिए, एउटैको मूल्य ५० हजार

दसैँका लागि पोखरामा च्याङ्ग्रा भित्रिन थालेको छ । हिमाली जिल्ला मुस्ताङको उपल्लो भेगका अतिरिक्त डोल्पा, हुम्ला र जुम्लाबाट बर्सेनि दसैँको अवसर पारेर च्याङ्ग्रा भित्रिने गरेको छ । व्यवसायीहरुले लुम्ले, हेमजा र आसपासका क्षेत्रमा च्याङ्ग्रा ल्याएर राखेका छन् भने कोही बाटोमा आउने क्रममै छन् ।पोखरा र छिमेकी जिल्लाहरुमा दसैँको समयमा खसी, बोकाभन्दा च्याङ्ग्रा बढी रुचाउने गरिन्छ । पहाडी एवं तराई क्षेत्रमा पालिने खसी बोकाको तुलनामा हिमाली भेगमा पालिएको च्याङ्ग्रा स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ । अन्य

सम्बन्धित सामग्री

दशैँका भेडाच्याङ्ग्रा

कास्कीको पोखरा महानगरपालिका–१ स्थित जौबारीमा दशैँका लागि बिक्री गर्न राखिएका भेँडाच्याङ्ग्रा ।

५० हजारका भेडाच्याङ्ग्रा २५ हजारमै

पोखरा– पोखरा क्षेत्रमा दशैंमा ५० हजार रुपैयाँसम्म बिक्री भएका भेडाच्याङ्ग्रा अहिले २५ हजारमै बिक्री हुन थालेका छन् । व्यवसायीहरुले दशैंको टिकाको अघिल्लो दिनदेखि ५० प्रतिशतसम्म छुटमा भेडाच्याङ्ग्रा बिक्री गर्न थालेका हुन् । कोजाग्रतपूर्णिमाको दिनमा पनि पोखरामा करिब एक हजारको हाराहारीमा भेडाच्याङ्ग्रा सहुलियत मूल्यमा बिक्री भएको व्यवसायीहरुले बताएका छन् । यो वर्ष कम भेडाच्याङ्ग्रा पोखरा आउने […]

दसैँका लागि साइपालका भेडाच्याङ्ग्रा पोखरा निर्यात

दसैँतिहार पर्व सुरु भएसँगै बझाङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साइपाल गाउँपालिकाबाट करिब चार करोड रुपियाँ मूल्य बराबरका भेडाच्याङ्ग्रा बिक्रीवितरणका लागि गण्डकी प्रदेशको कास्की पोखरा निर्यात गरिएको छ । यस गाउँपालिकाबाट २२ ट्रक भेडाच्याङ्ग्रा बिक्रीका लागि पोखरा पु¥याएको जानकारी स्थानीय जनप्रतिनिधिले नै दिएका हुन् । निकै कम खाद्यान्न उत्पादन हुने साइपाल क्षेत्रका स्थानीयको मुख्य आम्दानीको स्रोत भेडापालन तथा जडीबुटी हो ।

खसीबोकाको खपत ४० प्रतिशत घट्ने

पोखरा– महँगीको कारण यो वर्ष खसीबोकाको खपत ४० प्रतिशत घट्ने भएको छ । महँगीको कारण अघिल्लो वर्षको तुलनामा यो वर्ष खपत कम हुने मासु व्यवसायीहरूले बताएका हुन् । दसैंमा हिमालपारि हुर्किएका भेडाच्याङ्ग्रा खाने परम्परागतदेखि चल्दै आएको छ । योसँगै दसैंमा खसीबोका पनि उत्तिकै खपत हुने गरेको थियो । तर, यो वर्षको दसैंमा भने अन्य वर्षको […]

सुदूरपश्चिमका भेडाच्याङ्ग्रा पोखरामा

सुदूरपश्चिम प्रदेशका बझाङ र बाजुराबाट भेडाच्याङ्ग्रा पोखरा भित्रिएका छन् । बझाङ र बाजुराबाट दुई हजारभन्दा धेरै भेडाच्याङ्ग्रा ल्याइएको हो । पोखरा महानगरमा भेडाच्याङ्ग्रा भित्रिएकासँगै दसैँको रौनक थप भएको छ । बाजुराका २८ वर्षीय सर्पलाल थापाले करिब एक महिना लगाएर भेडाच्याङ्ग्रा पोखरा ल्याएको बताउनुभयो । चीनको तिब्बतबाट खोजेर उहाँले भेडाच्याङ्ग्रा पोखरा ल्याउनुभएको हो । “तिब्बतमा खोज्न जाँदा १० दिन लाग्यो । सबै एउटै ठाउँमा पाइएन । २६/२७ दिनमा बाजुरा ल्याएका थियौँ,” थापा भन्नुहुन्छ, “त्यसपछि तीन दिन तीन रातमा गाडीमा पोखरा ल्याइपु¥यायौँ ।”

दसैंका लागि पोखरामा मुस्ताङदेखि बाजुरासम्मका भेडाच्याङ्ग्रा (तस्बिरहरू)

हिमाली जिल्ला बझाङ र बाजुराबाट भेडाच्यांग्रा पोखरा भित्रिएका छन् । बझाङ र बाजुराबाट करिब २ हजारभन्दा धेरै भेडाच्यांग्रा पोखरा भित्रिएका हुन् । पोखरामा भेडाच्यांग्रा भित्रिएकासँगै दशैंको चहलपहल सुरु भएको छ ।

सुदूरपश्चिमका भेडा, च्याङ्ग्रा पोखरामा

सुदूरपश्चिम प्रदेशका बझाङ र बाजुराबाट भेडाच्याङ्ग्रा पोखरा भित्रिएका छन् । बझाङ र बाजुराबाट दुई हजारभन्दा बढी भेडा च्याङ्ग्रा यहाँ ल्याइएका हुन् ।

एक सातामा पोखरामा भेडाच्याङ्ग्रा आउने

पोखरा– एक सातामा हिमालपारिको जिल्ला मुस्ताङ क्षेत्रमा हुर्काइएका भेडाच्याङ्ग्रा पोखरा क्षेत्रमा ल्याउने तयारी गरिएको छ । माथिल्लो मुस्ताङ (लोमान्थाङ) बाट यस वर्षका लागि बिक्री गर्ने भेडाच्याङ्ग्रा पोखराको लागि हिँडिसकेको भेडाच्याङ्ग्रा व्यवसायी आङग्याल गुरुङले बताए । उपल्लो मुस्ताङ (लोमान्थाङ) का गुरुङले यो वर्ष करिब ६ सय वटा भेडाच्याङ्ग्रा पाले पनि दसैं लक्षित २ सय ५० वटा […]

हिमाली क्षेत्रका भेडाच्याङ्ग्रा पोखरा आइपुगे

दशैं नजिकिएसँगै मुस्ताङबाट भेडाच्याङग्रा पोखरा आउने क्रम समेत सुरु भएको छ । हाल पोखरामा १० हुल गरि करिब तीन हजार पाँच सय भेडाच्याङग्रा आइसकेका छन् । अन्य हुल आउने क्रममा...

पोखरामा एउटै च्याङ्ग्राको मूल्य ४५ हजार

२१ असोज, पोखरा । पोखराको मुख्य बजार र हेम्जा जोड्ने याम्दीपुल क्षेत्रमा यतिबेला भेडा, च्याङ्ग्राको ठूलो बथान छ । व्यापारीहरु भेडाच्याङ्ग्रा सम्हाल्न व्यस्त छन् भने उपभोक्ता मोलमोलाइमा । हरेक भेडा र च्याङ्ग्रा चिन्नका लागि ट्याग टाँसिएको छ । केही दिनदेखि याम्दी क्षेत्रमा भेडा बेच्ने र किन्नेको भिड छ । अघिल्ला वर्षभन्दा यस वर्ष भेडा च्याङ्ग्रा […]