सेयर बजार सूचक नेप्सेमा थप १८ अंकको गिरावट आएको छ । केही दिन यता लगातार ओरालो लागिरहेको नेप्से बिहीबार थप १८.२६ अंकले घट्दै २१ सय १२.४७ अंकमा झर्न पुगेको हो ।यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.८१ अंकले घट्दै ४१०.६६ अंकमा झरेको नेप्सेले जनाएको छ । नेप्से सूचक घट्दै गर्दा यता कारोबार रकममा समेत ठूलो संकुचन आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार १८ अंकमाथिले घटेको बजारमा आज जम्मा १ अर्ब १६ करोड १५ लाख रुपैयाँको मात्र कारोबार भएको छ । कुल १३ उपसूचकहरुमध्ये मुचुअल फन्ड बाहेकका १