पर्सा : अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएका फरार कसूरदारलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।पक्राउ परेका कसूरदार पर्साको साविक बस्डिलवा गाविस-४ (हालको वीरगन्ज महानगरपालिका वडा नम्बर २९) का ४० वर्षीय बुधनराम चमार रहेको पर्सा प्रहरीले जनाएको छ। उनलाई फरार रहेकै अवस्थामा ४ वर्ष ७ महिना ६ दिनपछि प्रहरीले पक्राउ गरेको हो। उनले २०७१ साल भदौ ६ गते भारतको पूर्वी चम्पारण जिल्ला, मोतिहारी रक्सौल नगरपालिका वडा नम्बर २१ का २१ वर्षीय रितेश कुमारलाई अपह