रेनो काइगरमा थपियो फिचर, घट्यो मूल्य

काठमाडौं । रेनो इन्डियाले आफ्नो सब फोर मिटर एसयूभी काइगरमा फिचरहरु थप गरेर बजारमा ल्याएको छ । कम्पनीले २०२३ मोडलको रुपमा काइगरमा फिचर थप गरेर ल्याएको हो । फिचर थप भएसँगै यसको मूल्य पनि पहिलेको तुलनामा ९१ हजार भारतीय रुपैयाँसम्मले कम भएर आएको भारतीय मिडियाले उल्लेख गरेका छन् । रेनोले नयाँ प्रदुषण मापदण्ड बीएस ६ […]

सम्बन्धित सामग्री

डेब्यू कारोबारमै २०% भन्दा धेरैले घट्यो पेटीएमको शेयरमूल्य

मंसिर २, नयाँ दिल्ली (भारत) । भारतीय डिजिटल भुक्तानी मञ्च पेटीएमको शेयर मूल्य मुम्बई स्टक मार्केट डेब्यूमा २० प्रतिशतभन्दा धेरैले घटेको छ । कम्पनीले भारतको अहिलेसम्मकै ठूलो प्रारम्भिक शेयर निष्कासन (आईपीओ)मा २ अर्ब ५० करोड डलर उठाएको थियो ।  केही लगानीकर्ताहरुले घाटामा गइरहेको पेटीएमको व्यवसायिक मोडलबारे चिन्ता व्यक्त गरेका छन् । पेटीएममा चिनियाँ भुक्तानी कम्पनी एन्ट फाइनान्सियल र जापानी लगानी कम्पनी सफ्टबैंकलगायतका लगानी रहेको छ । पेटीएमको आईपीओ अगाडि नै यस वर्षको अहिलेसम्मको अवधिमा भारतीय कम्पनीहरुले आईपीओमार्फत १० अर्ब ५० करोड डलर उठाइसकेका छन् ।  मुनाफामुलक बन्नेतर्फ लामो बाटो, उच्च मूल्यांकन र चर्को प्रतिस्पर्धा लगायत तत्वका कारण विश्लेषकहरुले कम्पनीको भविष्यप्रति चिन्ता व्यक्त गरेका छन् । कम्पनीले कयौं व्यवसायमा हात हालेकोप्रति पनि चिन्ता छ ।  कम्पनीको शेयरमूल्य आईपीओ जारी हुँदाको बेलाभन्दा ४० प्रतिशतभन्दा धेरैले घट्न सक्ने भन्दै ग्लोबल ब्रोकरेज म्याक्क्वेरीले पेटीएमलाई अन्डरपर्फम रेटिङ दिएको छ । एजेन्सी यो पनि हेर्नुस् : आईपीओ जारी भएसँगै पेटीएमका ३५० जना कर्मचारीहरु मिलेनियर बन्दै पेटीएममा १ अर्ब डलर लगानी थपियो पेटीएमबाट के शिक्षा लिने ?