काठमाण्डौ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको एकताको प्रस्तावलाई खनाल–नेपाल समूहले राम्रो नियत नभएको प्रतिक्रिया दिएको छ । एकताको आह्वान राम्रो नियतबाट नआएको र यसमा धेरै षड्यन्त्रहरु रहेको खनाल–नेपाल समूहका नेताहरुको आरोप छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि दिएको समर्थन फिर्ता गर्नुपर्ने सर्त राखेकाले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली २०७५ को जेठ ३ पूर्वको अवस्थामा फर्कन तयार रहेको भनेर विश्वास गरिहाल्न नसकिने नेता युवराज ज्...