कोरोना प्रभावित आर्तलाई कलाकर्मीको मल्हम

वैशाखबाट शुरु भएको तेस्रो चरणको लकडाउन र यसबाट सिर्जित अवस्थालाई सरलीकरण गर्न थुप्रै कलाकर्मीले सहयोगको हात अघि बढाए। उनीहरूले कोरोना र यसबाट सिर्जित अवस्थाका पीडित आर्तहरूको घाउमा सहयोगरूपी मल्हम लगाइदिएका थिए। नायक पल शाह लामो समयसम्म कोरोना संक्रमितलाई अक्सिजन उपलब्ध गराउने अभियानमा सक्रिय भए। अक्सिजन अभावमा कोरोना संक्रमितको ज्यान गइरहेको बेला पलले कतिपय ठाउँमा एक्लै […]

सम्बन्धित सामग्री

कोरोना प्रभावित विपन्न परिवारलाई आर्थिक सहयोग

मङ्गलबारे – कोरोना प्रभावित विपन्न परिवारलाई इलाम नगरपालिकाले आर्थिक सहयोग गरेको छ । कोरोनाबाट प्रभावित भएर छनोटमा परेका १४ परिवारलाई दश हजारका दरले आर्थिक सहयोग गरेको नौ नम्बरका वडाध्यक्ष गोपाल चौहानले जानकारी दिए । वडाबाट पाएको रकमलाई सही ठाउँमा सदुपयोग गर्ने रकम पाएका परिवारका सदस्यको भनाइ छ । कृषि क्षेत्रलाई अगाडि बढाएर व्यावसायिक बनाउन किसानलाई […]

कोरोना प्रभावित विपन्न परिवारलाई आर्थिक सहयोग

कोरोना प्रभावित विपन्न परिवारलाई इलाम नगरपालिकाले आर्थिक सहयोग गरेको छ । कोरोनाबाट प्रभावित भएर छनोटमा परेका १४ परिवारलाई दश हजारका दरले आर्थिक सहयोग गरेको नौ नम्बरका वडाध्यक्ष गोपाल चौहानले जानकारी दिए ।वडाबाट पाएको रकमलाई सही ठाउँमा सदुपयोग गर्ने रकम पाएका परिवारका सदस्यको भनाइ छ । कृषि क्षेत्रलाई अगाडि बढाएर व्यावसायिक बनाउन किसानलाई अनुदानका कार्यक्रममा पूर्ण सहभागी गराउने वडाको लक्ष्य रहेको बताइएको छ ।

कोरोना प्रभावित होटेलको इजाजत र नवीकरणमा सरकारले छुट दिने

काठमाडौँ – सरकारले कोरोना महाबारीबाट प्रभावित होटेल तथा पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायको इजाजत र नवीकरणमा छुट दिने जनाएको छ। आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कोरोना प्रभावित क्षेत्रका होटेल र पर्यटनसँग सम्बन्धित व्यवसायको इजाजत र नविकरण गर्दा छुट दिने व्यवस्था मिलाउने जनाए। यसका साथै पर्यटन क्षेत्रको पुर्नउत्थानका लागि प्रवाह हुने […]

कोरोना प्रभावित विपन्न परिवारले सरकारबाट निकासा भएको राहत पाएनन्

पर्वत – पर्वतमा झण्डै २ हजार २ सय कोरोना प्रभावित विपन्न परिवारले सरकारले निकासा गरेको राहत रकम पाउन सकेका छैनन् । कोरोना प्रभावित विपन्न परिवारका लागि झण्डै तीन महिना अघि सरकारले रकम निकासा गरेको थियो । कोरोना महामारीले प्रभावित पर्वतका २ हजार १ सय ७८ परिवारका लागि २ करोड १७ लाख ८० हजार रुपैयाँ निकासा भएको थियो । पर्वतका ७ पालिकामध्ये पैञ्यु गाउँपालिकाले लाभग्राही पहिचान गरी वितरण गरेपनि अरु पालिकाले वितरण गर्न सकेका छैनन् । पैञ्यु गाउँपालिकाले १ सय ९४ प्रभावित परिवारमध्ये १ सय ८० परिवारलाई व...

ललितपुर महानगरले कोरोना प्रभावित परिवारलाई आर्थिक सहायता वितरण गर्ने

१ पुस, ललितपुर । ललितपुर महानगरले कोराना प्रभावित परिवारलाई शुक्रबारदेखि आर्थिक सहायता वितरण गर्ने भएको छ । महानगरको १०३औं स्थापना दिवसको दिन पारेर कोरोना प्रभावितलाई आर्थिक सहायता वितरण शुरु गर्न लागेको महानगरपालिकाले जनाएको छ । ललितपुर महानगरले प्रत्येक वर्ष पुस २ गतेलाई स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । महानगरीय विपद् व्यवस्थापन समितिले कोरोना प्रभावित […]

कोरोना प्रभावित विद्यार्थीलाई छात्रवृत्ति

एपेक्स एजुकेशनल एकेडेमीले कोरोनाबाट प्रभावित ७ प्रदेशका ४९ जना विद्यार्थीलाई चिकित्सा तथा इन्जिनियरिङ तयारी कक्षामा छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।एकेडेमीले २३औं वार्षिकोत्सवको अवसरमा चिकित्सा शिक्षा तथा इन्जिनियररिङ तर्फको पूर्वतयारी कक्षामा सहभागी हुने कोरोना प्रभावित तथासरकारले निर्धारण गरेको आरक्षित समुहलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रवृत्ति उपलब्ध गराउने जनाएको हो ।विगत दुई दशकदेखि लोकसेवा आयोग अन्तरर्गतका […]

कोरोना प्रभावित ऋणीले तिर्नुपर्ने ऋणको म्याद एक वर्ष थपियो

काठमाण्डौ – कोरोना प्रभावित ऋणीले ऋण तिर्न अतिरिक्त समय पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा आउँदो पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वलाई एक वर्षसम्म म्याद थप गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै कोरोनाबाट अति प्रभावित क्षेत्रहरु रेष्टुरेण्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था, मनोरञ्जन व्यवसाय तथा नगद प्रवाह अवरुद्ध भएका लघु, घरेलु, साना तथा मझौला व्यवसायीलाई असर मूल्याङ्कन ग...

कोरोना प्रभावित घरधुरीलाई रोजगारी

दैलेखमा कोरोना महामारीबाट प्रत्यक्ष प्रभावित घरधुरीका सदस्यलाई आफ्नै गाउँमा रोजगारी दिइएको छ । दुल्लु नगरपालिका, ठाटीकाध र भैरवी गाउँपालिकामा बसोबास गर्ने सर्वसाधारणलाई आफ्नै गाउँमा रोजगारी प्रदान गरिएको हो । दुल्लु–१३ का ७० घरधुरी, भैरवी गाउँपालिका–५ का ७० र ठाटीकाध गाउँपालिका–२ का ११४ गरी कूल २५४ घरधुरीका सदस्यले आफ्नै गाउँमा रोजगारी पाएका हुन् । उनीहरूलाई आफ्नै […]

कोरोना प्रभावित अर्थतन्त्र पुनरुत्थानलाई प्राथमिकता दिनुपर्छ : परिसंघ

नेपाल उद्योग परिसंघले सरकारले कोरोना प्रभावित अर्थतन्त्र पुनरुत्थानलाई प्राथमिकतामा राखेर बजेट ल्याएको भन्दै कार्यान्वयनमा जोड दिन आग्रह गरेको छ ।संघले विज्ञप्ति जारी गरेर सरकारले औद्योगिक वातावरण सुधार गर्ने उद्देश्य अनुरुप बजेटले कोभिड–१९ प्रभावित अर्थतन्त्रको शीघ्र पुनरोत्थान, औद्योगिकएवं व्यावसायिक वातावरणको सुधार एवं विस्तार तथा निजी क्षेत्रको लगानी वृद्धि भइ आर्थिक विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान […]