काठमाण्डाै – पोल भाडा नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न ठाउँमा इन्टरनेट सेवा प्रदायकका तार काट्न सुरु गरेको छ ।प्राधिकरणले साउनदेखि बढाइएको पोल भाडा असोज १५ गते अर्थात हिजोसम्म नतिरेमा तार काट्ने चेतावनी दिएको थियो । आज सांकेतिक रुपमा हरेक वितरण केन्द्रमा कम्तिमा एउटा तार काटिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले चितवनको भरतपुर, रुपन्देहीको मणिग्राम, मोरङको विराटनगर, कैलालीको धनगढी, ताप्लेजुङ, काठमाण्डाैकाे कीर्तिपुर, ललितपुरको इमाडोल लगायतका क्षेत्रमा सांकेतिक रुपमा तार काटेको छ...