विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको नयाँ भेरियन्टलाई भेरिअन्ट अफ कन्सर्न घोषणा गरेको छ र यसलाई ओमिक्रोन नाम दिएको छ। यो भेरियन्टको ठूलो सङ्ख्यामा उत्परिवर्तित भएको छ र प्रारम्भिक प्रमाण अनुसार यो भेरियन्टबाट सङ्क्रमणको जोखिम उच्च रहेको डब्लुएचओले जनाएको छ। अहिलेसम्म कहाँ कहाँ भेटियो ? हालसम्म ओमिक्रोन दक्षिण अफ्रिका, बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा पुष्टि भएको छ। […]