काठमाण्डाै - आज नेपाल सम्वतकाे तिथि अनुसार दिल्लागा चतुर्दशी । आजको दिनलाई गथांमुगः चःह्रे भन्ने गरिन्छ ।
कानमा घण्टा झुन्ड्याएर हिँड्ने राक्षसको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो । घण्टाकर्णलाई शिवको प्रतीकका रूपमा पनि लिइन्छ । यस पर्वअन्तर्गत नगरका टोलटोल तथा गाउँका चौबाटो, तीनदोबाटो र दोबाटोमा छ्वाली र पराल तथा नर्कटले बनाइएका आकृतिलाई जलाइन्छ त कतै खोलामा सेलाइन्छ ।
नेपालभाषी समुदायमा बढी महत्त्वको यो पर्वलाई ठाउँअनुसार फरक फरक नाम दिइएको छ । बिहानै चोकचोकमा प्रतिकात्मक भूतका र...