मनिलाको दक्षिणमा रहेको बटाङ्गस प्रान्तमा आइतबार लङ्गरमा राखिएको मोटर ट्याङ्करमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ।स्थानीय समय अनुसार बिहान ९ बजे मोटर ट्याङ्कर सी हर्स नामक जहाजमा आगलागी हुँदा एक जनाको मृत्यु भएको फिलिपिन्स कोस्ट गार्डले जानकारी दिएको छ। दुई घण्टापछि दमकलको सहायताले आगो निभाइएको थियो।पोर्ट अफ बटाङ्गासका प्रबन्धक जोसेलिटो सिनोक्रजले दिएको पछिल्लो जनाकारी अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्।सिनोक्रजले रेडियो अन्तर्वार्तामा बताए