जगदम्बा स्टिल उद्योगमा बिस्फोट, आगलागीपछि दुईजनाको मृत्यु

नेपालकै अग्रणी उद्योगमा पर्ने जगदम्बा स्टिल उद्योगमा शनिबार राति भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बाराको सिमरामा रहेको सो उद्योगमा फलाम तताउने भट्टी छेउमा रहेको फर्निस आयल राखेको ट्याङकी पडकिएर आगलागी हुँदा दुई जना भारतीय मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा भारतको बिहार घर भएका ४० …