बजारमा सुन र गोलभेँडा एकैपटक गलेर लल्याकलुलुक हुन थाले । सुनमा पानी छर्किने समिति बन्ने भएपछि सुन स्वतः सुनपानी हुने भयो । सुनपानी छर्केपछि पक्राउ परेकाहरू शुद्ध हुने भए, नपरेकाहरूको सुन र सुनखानीबाट प्राप्त आम्दानी स्वतः चोखियो । त्यसैले सुनको चर्चै सेलाउन थाल्यो । गोलभेँडाको भाउमा लागेको आगोमा आकाशे पानी दर्कियो, पानीले निथ्रुक्क भएपछि बढेको गोलभेँडाको भाउ स्वात्तै घट्न थाल्यो । अब गोलभेँडाको ठाउँ प्याजले लिएको छ । पहिले गोलभेँडे गफ गर्ने मान्छेहरू अब प्याजे फुर्तीमा अल्झन थालेका छन् ।खेतबारीमा काम गर्न छाडेर...