कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण मध्यम रहेको बेलायत र दक्षिण अफ्रिकामा गरिएको प्रारम्भिक अध्ययनबाट देखिएको छ। कोरोना भाइरसका अरु भेरियन्टको तुलनामा ओमिक्रोनबाट संक्रमित भएकाहरु अस्पताल भर्ना गर्नुपर्ने अवस्था कम आएको प्रारम्भिक तथ्यहरुले देखाएका हुन्। विगतका अरु भेरियन्टको तुलनामा ओमिक्रोनबाट संक्रमित भएकाहरुलाई अस्पताल भर्ना गर्नुपर्ने वा गम्भीर बिरामी पर्ने अवस्था ३० देखि ७० प्रतिशतसम्म कम […]