पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आइतबार सामाजिक सञ्जालमार्फत् आफू कुनै पनि हालतमा देश नछाड्ने बताएका छन्। पाकिस्तानको भविष्यका लागि यो सब गरिरहेकाे उनको भनाइ छ। पाकिस्तान साँच्चै स्वतन्त्र नहुँदासम्म आफू जेल जान तयार रहेको इमरानले बताए। इमरानले १९ जुनमा इस्लामावाद जान लागेकाे बताए। उनले १९ मुद्दामा जमानत पाएका छन्। सरकारले चाहेमा फेरि पनि पक्राउ गर्न सक्छ। […]