सरकारले खुलायो नेप्सेको प्रमुख कार्यकारीको आवेदन

सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन खुलाएको छ । एक सूचना जारी गर्दै नेप्सेले खुला प्रतिस्पर्धाबाट नेप्सेको सीईओको पदपूर्ति प्रक्रिया अगाडी बढाएको हो ।प्रमुख कार्यकारी पदका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । यस्तै, आवेदकले चार्टड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरेर पूँजी बजार, उद्योग/वाणिज्य, वित्त, लेखा, कानुन वा व्यवस्थापक

सम्बन्धित सामग्री

नेप्सेको सीईओका लागि पाँचजना ‘सर्टलिस्टिङ’, आइतबार अन्तर्वार्ता

काठमाडौं । नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सिफारिस समितिले आवेदन दिएका मध्येबाट ‘सर्टलिस्टिङ’ गरेर अन्तर्वार्ताका लागि बोलाएको छ । सीईओ सिफारिस समितिले बिहीबार पाँचजनाको नाम सर्टलिस्ट गर्दै आउँदो आइतबार अन्तर्वार्ताका लागि बोलाएको हो । सर्टलिस्टिङमा पर्नेहरूमा कृष्णबहादुर कार्की, डा. केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र डा. रमेशकुमार घिमिरे छन् ।...

यी ५ मध्ये १ जना नेप्सेको सीईओ बन्ने पक्का, सर्टलिस्ट तयार, आइतबार अन्तर्वार्ता

अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि ५ जनाको नाम सर्ट लिस्ट गरेको छ । मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले ११ जना आवेदक मध्येबाट ५ जनाको नाम सर्टलिस्ट गरेको हो । जस अनुसार समितिले कृष्ण बहादुर कार्की, डा. केशव बहादुर श्रेष्ठ, प्रविण पन्दाक, रमेश घिमिरे र डा, रमेशकुमार भण्डारीको नाम सर्ट लिस्ट गरेको हो । आवेदकहरूको शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणबाट प्राप्ताङ्कको प्राथमिकताका आधारमा सर्ट लिस्ट गरिएको समितिले जनाएको छ । अब यी ५ जनाले  व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता दिनु पर्ने छ । समितिले पुस २५ गते आइतबार अन्तवार्ताको मिति तय गरेको छ।सर्ट लिस्टमा परेका मध्ये रमेश घिमिरेको नै सम्भावना बढी रहेको स्रोतको भनाई छ। पहिले नेपाल एसबिआईको र अहिले एनसेलको कम्पनी सचिव भएकाले पनि घिमिरेलाई आफ्नो नेप्से प्रमुख बनाउन ठूला खेलाडी लागि परेको बताइन्छ।   नेप्सेको सीईओका लागि ११ जनाले आवेदन दिएका थिए। आवेदन दिनेमा नेप्सेका हालका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल, उपप्रबन्धक प्रविन पन्दाक, जीवन अमगाई, केशव कुमार श्रेष्ठ, बद्री प्रसाद प्याकुरेल, डा. रमेश कुमार भण्डारी, कृष्ण बहादुर कार्की, दिपक गौतम, गोविन्द प्रसाद दाहाल, रमेश घिमिरे र छवीराज पन्त रहेका थिए। नेप्सेका सीइओ चन्द्र सिंह साउदले राजिनामा दिएपछि उक्त पद रिक्त छ ।

पूँजीबजारको नियामक निकायका प्रमुखहरुको नियुक्ति प्रक्रिया एकै पटक अगाडि बढ्यो

कात्तिक १३, काठमाडौं । सरकारले पूँजीबजारको नियामक निकायका दुई जना प्रमुखहरुको नियुक्ति प्रक्रिया एकै पटक अगाडि बढाएको छ । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया गत बिहीवार सूचाना प्रकाशित गर्दै अगाडि बढाएको छ भने नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्न पनि प्रक्रिया शुरु गरिसकेको छ । भीष्मराज ढुङ्गानालाई अध्यक्षबाट बर्खास्त गरेपछि सरकारले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया शुरु गरेको हो । नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदबाट चन्द्र सिंह साउदले राजीनामा दिए पछि सो पद पनि खालि छ । बुक विल्डिंग विधिमार्फत प्राथमिक शेयर निष्कासनको प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको शेयर खरीद गरेको खुलासा भए पछि सरकारले ढुङ्गानालाई बर्खास्त गरेको थियो भने नेप्से प्रमुख आफैं राजीनामा दिएर बाहिरिएका थिए । धितोपत्र बोर्डको अध्यक्षका लागि इच्छुक नेपाली नागरिकहरुले १५ दिनभित्र अर्थात् कात्तिक २५ गतेभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा गोप्य शिलबन्दी आवेदन दिन सक्नेछन् ।  धितोपत्र बजार व्यवस्थापन, पूँजीबजार विकास, आर्थिक वित्तीय वाणिज्य व्यवस्थापन वा कानून क्षेत्रमा कम्तिमा ७ वर्षको पेशागत अनुभव हासिल गरेको उच्च नैतिक चरित्र भएको नेपाली नागरिकले सो पदका लागि आवेदन दिन सक्नेछन् । साथै धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११ बमोजिम अयोग्य नरहेको र तीन वर्ष पूरा भइ ६० वर्ष उमेर ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।  अर्थ मन्त्रालयले अध्यक्ष नियुक्तिका लागि छनौट समिति बनाएको छ । उक्त समितिले दाबेदारहरुमध्ये बाट कम्तीमा तीन जनाको नाम सिफारिस गर्नेछ । ती तीन जना मध्येबाट मन्त्रिपरिषद्ले बोर्ड अध्यक्ष नियुक्ति गर्नेछ । यसैगरी सरकारले नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि पनि सार्वजनिक सूचना मार्फत दरखास्त आह्वान गरेको छ । उक्त पदका लागि १५ दिन भित्रमा शिलबन्दी बोलपत्र आवेदन माग गरिएको छ । खुला प्रतिस्पर्धाबाट नेप्सेको सीईओ नियुक्ति प्रक्रिया अगाडि बढाएको हो। प्रमुख कार्यकारी अधिकृत बन्न इच्छुक नेपालीले आफ्नो योग्यता पुग्ने कागजपत्रका साथै व्यवसायिक कार्ययोजनासमेत पेश गर्नु पर्नेछ । उक्त पदकालागि बजार व्यवस्थापन, पूँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य व्यवस्थापन वा कानून क्षेत्रमा सात वर्ष काम गरेको अनुभव हुनु पर्ने छ ।आवेदक ३० वर्ष पूरा भई ६० ननाघेको हुनुपर्ने छ । दरखास्त आवेदनसँगै ३ हजार रुपैयाँ दरखास्त दस्तुर तिर्नु पर्नेछ । आवेदन दिने म्याद भने कात्तिक २७ गतेसम्म रहेको छ । यसअघि दुवै पदमा नियुक्तिका लागि अर्थ मन्त्रालयले छुट्टाछुट्टै समिति गठन गरेको थियो । कुनै  कानूनी अड्चन वा अन्यथा नभएमा सम्भवतः दुवै नियमनकारी निकायले नियुक्ति प्रक्रिया मंसिर महीनाभित्र सम्पन्न भएर पुसबाट प्रमुख पाउने छन् ।

नेप्से सिईओका लागि १३ जनाको आवेदन

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि १३ जनाको आवेदन परेको छ। अर्थमन्त्रालय वित्तीय व्यवस्थापन विभागले मंगलबारसम्म दरखास्त माग गरेकोमा १३ जनाले आवेदन दिएका छन्। सरकारले खुल्ला प्रतिस्पर्धाबाट नेप्सेको प्रमुख कार्यकारी अधिकृत छनौट गर्नका लागि आवेदन माग गरेको हो। हालै सिईओको कार्यकाल सकिएपछि अवकासमा रहेका सिताराम थपलिया, ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली, नागरिक…