नेप्सेको सीईओका लागि पाँचजना ‘सर्टलिस्टिङ’, आइतबार अन्तर्वार्ता

काठमाडौं । नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सिफारिस समितिले आवेदन दिएका मध्येबाट ‘सर्टलिस्टिङ’ गरेर अन्तर्वार्ताका लागि बोलाएको छ । सीईओ सिफारिस समितिले बिहीबार पाँचजनाको नाम सर्टलिस्ट गर्दै आउँदो आइतबार अन्तर्वार्ताका लागि बोलाएको हो । सर्टलिस्टिङमा पर्नेहरूमा कृष्णबहादुर कार्की, डा. केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र डा. रमेशकुमार घिमिरे छन् ।...

सम्बन्धित सामग्री

धितोपत्र बोर्डले एक हप्ता भित्रै अध्यक्ष पाउने, आवेदन र अन्तर्वार्ता नाटक मात्रै

नेपाल धितोपत्र बोर्डले करिब ५ महिनापछि नेतृत्त्व पाउने भएको छ। अन्तिम ५ जनामा परेकाहरुको अन्तर्वार्ता सकेर आगामी सोमबारको मन्त्रिपरिषद बैठकले नियुक्ति गर्ने भएसंगै करिब ५ महिनापछि बोर्डले नेतृत्त्व पाउने अवस्था बनेको हो। सत्ता साझेदारदल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच नेप्से र धितोपत्र बोर्डको भागबण्डा मिलेपछि धितोपत्र बोर्ड अध्यक्षमा पनि छिटो नियुक्ति हुने भएको हो। अध्यक्ष छनौट गर्न बनाइएको समितिले शुक्रबार पाँच जनाको नाम सर्टलिष्टिङ गरेको छ। ५ जनामा निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेल रहेका छन्।    छनोट भएका ५ जनामध्येबाट अन्तर्वार्ता लिएर सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्ने छ। ती मध्येबाट मन्त्रिपरिषदको बैठकले एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ। सर्टलिष्टिङ गरेको छ। १५ जनामध्येबाट पाँच जनाको नाम छनोट गरेको हो।  सर्टलिष्टिङमा परेकाहरुलाई आगामी साता आइतबार अन्तर्वार्ता लिने र लगत्तै उनीहरु मध्ये तीन जनाको नाम सर्टलिष्टिङ गरी अध्यक्ष नियुक्तिका लागि सोमबारको मन्त्रिपरिषदमा पठाइने र सोहिदिन नै एक जनालाई अध्यक्ष नियुक्त गरिने स्रोतले जनाएको छ।आबेदन र अन्तर्वाता नाटक मात्रैनियमन निकाय जस्तो ठाउँमा योग्य ठानिएका तीन जनाको नाम सम्बन्धित मन्त्रालयको मन्त्रीले मन्त्रीपरिषदमा लैजाने र त्यसमध्ये एक जनालाई नियुक्ति दिने अभ्यास रहेको छ। तर नेपाल स्टक एक्सचेन्ज र नेपाल धितोपत्र बोर्डमा यस अगाडी र अहिलेको नियुक्तिमा भने आबेदन खुला गरेर इच्छुकलाई आबेदन दिन लगाईएको छ। तर जानकारहरु भने आबेदन, प्रस्तुति र अन्तर्वार्ता जस्ता प्रकृयाहरु नाटक मात्रै भएको र यस्तो प्रवृति गलत भएको बताउँछन्। नियमन निकाय जस्तो ठाउँमा आफुलाई योग्य र क्षमतावान लाग्ने व्यक्तिलाई सरकारले नियुक्ति दिनुपर्ने जानकारहरु बताउँछन्। आबेदन खुलाएर आबेदन दिन लगाउने कार्य 'हास्यासपद' भएको उनीहरुको भनाई छ। धितोपत्र बोर्डको अध्यक्षबाट बर्खास्त गरिएका भिष्म ढुंगाना र नेप्सेको सीईओ पदबाट राजिनामा दिएका चन्द्र सिंह साउदको पालादेखि यस्तो 'नाटक' सुरु भएको बताइन्छ। कसलाई नियुक्ती दिने भन्ने पहिल्यै टुंगो लगाईसके पनि प्रक्रियागत रुपमा ल्याईएको भनेर देखाउनलाई मात्र आबेदन माग गरिने गरिएको र यस्तो प्रवृतिले क्षमतावान र योग्य व्यक्तिहरुमा राज्यप्रति बिश्वास गुम्ने भएकाले यस्तो नाटक गर्न नहुने जानकारहरु बताउँछन्। नेप्सेको सीईओ नियुक्तीमा अन्तिम ५ जनामा निरन्जन फुयाँल जस्तो व्यक्ति नपर्नु र धितोपत्र बोर्डको ५ जनाको नाममा १५ जना मध्येका सक्षम व्यक्ति नपर्नुले पनि आबेदन र अन्तर्वार्ता जस्ता कुराहरु देखावटी मात्रै भएको जानकारहरुको दाबी छ। पहिल्यै राजनीतिक भागबण्डा लागिसकेको हुनाले नेप्सेमा माओवादी निकट कृष्णबहादुर कार्की नियुक्त हुनुले अब धितोपत्र बोर्डमा कांग्रेसले चाहेको व्यक्ति मात्रैले नियुक्ति पाउने निश्चित भएकाले यहाँ नियमन निकायको प्रमुख नियुक्ति गर्दा आबेदन र अन्तर्वार्ता बीनानै सिधै सिफारिस गरेर नियुक्ति गरिनुपर्ने जानकारहरु बताउँछन्।

नेप्सेको सीईओको लागि तीन जनाको नाम सिफारिस, यी व्यक्तिको सम्भावना बढी

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्तीका लागि तीन जनाको नाम सिफारिस भएको छ। अर्थ मन्त्रालयले  गठन गरेको छनौट तथा सिफारिस समितिले हिजो आइतबार व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता दिएका पाँच जना मध्ये तीन जनाको नाम सिफारिस गरेको हो। स्रोतका अनुसार सिफारिस हुनेमा डा. केशव श्रेष्ठ र डा. रमेशकुमार भण्डारी र कृष्णबहादुर कार्की रहेका छन्। हिजो आइतबार व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता दिएका उनीहरु सहित प्रविण पन्दाक, रमेश घिमिरे मध्येमा समितिले डा. केशव श्रेष्ठ र डा. रमेशकुमार भण्डारी र कृष्णबहादुर कार्कीलाई अन्तिम तीन जनामा सिफारिस गरेको हो।    छनौट समितिले सिफारिस गरेका तीन जनाको नाम अर्थमन्त्रीले मन्त्रिपरिषदको बैठकमा पेश गर्नेछन्। र तीन मध्ये एक जनालाई मन्त्रिपरिषदको बैठकले आगामी ४ बर्षका लागि नेप्सेको प्रमुख कार्यकारीमा नियुक्ति गर्नेछ। सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएकाले चन्द्र सिंह साउदले सीईओ पदबाट राजिनामा दिएपछि नेप्से कायम मुकायमको भरमा चलिरहेको छ। नेप्सेको सीईओ पदको लागि ११ जनाले आबेदन दिएका थिए। बिजपाटीलाई प्राप्त जानकारी अनुसार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतको बुढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाई को संयोजक रहेका कृष्ण बहादुर कार्की अर्थमन्त्री जनार्दन शर्मा निकट भएकाले नेप्सेको सीईओमा उनको सम्भावना बढी रहेको स्रोतको दाबी छ। बुढी गण्डकी आयोजनाको उक्त इकाईको संयोजकमा पनि अर्थमन्त्री जनार्दन शर्माले नै कार्कीलाई सिफारिस गरेकाले नेप्सेमा पनि उनकै सम्भावना रहेको बताइन्छ।

यी ५ मध्ये १ जना नेप्सेको सीईओ बन्ने पक्का, सर्टलिस्ट तयार, आइतबार अन्तर्वार्ता

अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि ५ जनाको नाम सर्ट लिस्ट गरेको छ । मन्त्रालयले गठन गरेको छनौट तथा सिफारिस समितिले ११ जना आवेदक मध्येबाट ५ जनाको नाम सर्टलिस्ट गरेको हो । जस अनुसार समितिले कृष्ण बहादुर कार्की, डा. केशव बहादुर श्रेष्ठ, प्रविण पन्दाक, रमेश घिमिरे र डा, रमेशकुमार भण्डारीको नाम सर्ट लिस्ट गरेको हो । आवेदकहरूको शैक्षिक योग्यता र व्यावसायिक कार्ययोजनाको परीक्षणबाट प्राप्ताङ्कको प्राथमिकताका आधारमा सर्ट लिस्ट गरिएको समितिले जनाएको छ । अब यी ५ जनाले  व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता दिनु पर्ने छ । समितिले पुस २५ गते आइतबार अन्तवार्ताको मिति तय गरेको छ।सर्ट लिस्टमा परेका मध्ये रमेश घिमिरेको नै सम्भावना बढी रहेको स्रोतको भनाई छ। पहिले नेपाल एसबिआईको र अहिले एनसेलको कम्पनी सचिव भएकाले पनि घिमिरेलाई आफ्नो नेप्से प्रमुख बनाउन ठूला खेलाडी लागि परेको बताइन्छ।   नेप्सेको सीईओका लागि ११ जनाले आवेदन दिएका थिए। आवेदन दिनेमा नेप्सेका हालका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल, उपप्रबन्धक प्रविन पन्दाक, जीवन अमगाई, केशव कुमार श्रेष्ठ, बद्री प्रसाद प्याकुरेल, डा. रमेश कुमार भण्डारी, कृष्ण बहादुर कार्की, दिपक गौतम, गोविन्द प्रसाद दाहाल, रमेश घिमिरे र छवीराज पन्त रहेका थिए। नेप्सेका सीइओ चन्द्र सिंह साउदले राजिनामा दिएपछि उक्त पद रिक्त छ ।