अध्ययनका लागि बेलायत आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया सदीक्षा तामाङको परिवारका लागि एनआरएनए यूकेले १० हजार ५४५ पाउन्ड अर्थात् झण्डै १० लाख रुपिँया सहयोग गरेको छ । एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले सदीक्षाको अन्त्येष्टी समारोहमा बाबु कृष्णबहादुर थोकर तामाङलाई रकम हस्तान्तरण गरेका हुन् । स्वर्गीय सदीक्षाको हिजो ७ जुलाई शुक्रबार अल्डरसट […]