भक्तपुर प्रहरीले बालिकामाथि करणी गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–९ कमलविनायकस्थित आफ्नै कोठामा बसिरहेकी बालिकामाथि करणी गरेको आरोपमा दोलखा बैतेश्वर ४ घर भई हाल भक्तपुर नगरपालिका–९ बस्ने वसन्त दमाई पक्राउ परेका हुन् ।अघिल्लो सोमबार दिउँसो १२ वर्षीय बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको आरोपमा दमाईलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले बताए । बालिकाको घरमा कोही नभएको मौका पारी बालिकालाई ललाई फका