काठमाडौं : वर्षाको सम्भावना रहेकाले देशभर चिसो थप वृद्धि हुने अनुमान गरिएको छ। मौसमविद् सजिना शाक्यका अनुसार शनिबार वर्षा र हिमपातको सम्भावना छ। प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनले बताइन्। यस्तै हिमाली भू–भागमा हल्का हिमपातको अनुमान गरिएको छ। बढ्दो चिसोसँगै मध्य पहाड र तराईमा हुस्सु र शीतलहर सुरु भएको छ । जुम्ला, दोलखाको जिरी र मुस्ताङमा केही दिनदेखि नै मौसम माइनसमा पुगिसकेको छ। आज बिहान लुम्बिनी तथा सुदूरपश्चिम