काठमाडाैं : नेपाली कांग्रेस केन्द्रीय सदस्य खस आर्यतर्फकाे मत परिणाम सार्वजनिक भएकाे छ।सात जना पुरुष र ६ महिलाका लागि भएकाे निर्वाचनकाे अन्तिम परिणाम भर्खरै सार्वजनिक भएकाे हाे। पुरूष सात र महिला ६ जनामा एक/एक जनाबाहेक सबै सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार विजयी भएका छन्।पुरुषतर्फ केशवकुमार बुढाथोकी (२०५४), गोविन्दबहादुर शाह (२०१४), भीम पराजुली (१९१४), मधु आचार्य (१८६०), श्यामकुमार घिमिरे (१८५२), नारायण बहादुर कार्की (१७९६) र गेहेन्द्र गिरि (१६६५) मत प्राप्त गरी विजयी भएका छन्।