राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले निर्धारित समयभित्रै मापदण्ड अनुसार सडक निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्। सिन्धुपाल्चोकको बलेफी –तेम्बाथान सडक खण्डको सोमबार स्थलगत निरीक्षण गर्दै उनले पूर्वाधार निर्माणमा सरकारले प्राथमिकता दिएको बताए । उनीसहित सभामुख अग्निप्रसाद सापकोटाका स्वकीय सचिव गोविन्द पाठक, प्रेस विज्ञ श्रीधर न्यौपाने, संघीय सडक डिभिजन कार्यालय दोलखा र प्रादेशिक सडक डिभिजन कार्यालय खुर्कोट सिन्धुलीका प्राविधिक सहितको टोलीले सो सडक