हामीले हाम्रो अन्ध परम्परा र राजनीतिक अकर्मण्यताको अनवरत प्रतिरोध गर्दै समाजलाई सभ्यताको उचाइमा पुर्याउनु पर्छ। यसो नगरी वर्तमानको अराजकतामा गोलचक्कर मारिरहने हो भने हामी अझै निकै पछि पर्ने छौँ। हामी केवल भिडतन्त्रको सदस्य हुनेछौँ र कालान्तरमा हामीमाथि कुनै तानशाहले अधिकार जमाउन सक्नेछ।