ओलीले भने–ढुक्क हुनुहोस् सूर्य चिन्ह हाम्रो हो

प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चुनाव चिन्हमा कसैले दावी गर्न नमिल्ने बताएका छन् । राजधानीमा आफूपक्षीय भेलालाई शनिबार सम्बोधन गर्दै ओलीले भने, ‘ढुक्क हुनुहोस् सूर्य चिन्ह हाम्रो हो ।’ उनले प्रचण्ड  र माधव नेपाललाई फोहोरको संज्ञा दिँदै फोहोरलाई नदीको छालले किनारमा फ्यालेको टिप्पणी गरे । ‘त्रि...

सम्बन्धित सामग्री

कमल थापालाई सूर्य चिन्ह दिएकोमा भीम रावलको आपत्ति,भने–अनैतिकताको नमूना

नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिन्ह दिएको प्रति आपत्ति जनाएका छन् । मकवानपुर–१ का उम्मेदवार थापाले नेकपा एमालेको सूर्य चुनाव चिन्हबाट उम्मेदवार भएपछि रावलले ‘अनैतिकताको नमूना’ भन्दै आपत्ति जनाएका हुन् ।उनले एमालेसँग चुनावी गठबन्धन गरेको जनता समाजवादी पार्टी शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहिरहेको विषयलाई पनि ‘अनौतिक’ भनेका छन् । ‘कमल थापा एमालेको सूर्यमा उम्मेदवार हुने तर निजका अरु उम्

ओली बोल्दा माइकमा समेत सूर्य चिन्ह

काठमाडौं, २५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बोल्दा माइकमा पनि सूर्य चिन्ह राखिएको छ । आज आयोजित पत्रकार सम्मेलनमा ओली बोलिरहँदा पृष्ठभूमीमा पनि ठूलो सूर्य चिन्ह छ । पत्रकार सम्मेलनमा माइकमा पनि सूर्य चिन्ह राखिएको छ । एमालेको चिन्ह प्रचारलाई पनि ओलीले पत्रकार सम्मेलनमार्फत् अवसर लिएका छन् ।

के एमालेको ‘सूर्य’ चिन्ह विक्री भएको हो ?

नेकपा एमालेका प्रभावशाली नेता भीम रावलले एमाले नेतृत्वलाई जोडदार प्रश्न गरेका छन् –‘सूर्य चिन्ह विक्री भएको हो ?’यो प्रश्न उनले हालै एमालेका सिद्धान्तभन्दा विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारहरूले एमालेको चुनाव चिन्ह सूर्य लिएर आउँदो स्थानीय निर्वाचनमा लड्ने गरी चुनावी गठबन्धन गर्ने सहमतिपछि पार्टीका नेताहरूलाई सोधेका हुन् । तर यतिका दिन भइसक्दा समेत […]

नेतृत्वलाई भीम रावलको प्रश्न : सूर्य चिन्ह बिक्रीका लागि हो?

काठमाडौं : राप्रपा नेपाल र परिवार दललाई सूर्य चिन्हबाट चुनाव लड्न दिने एमाले नेतृत्वको निर्णयप्रति भीम रावलले असन्तुष्टि जनाएका छन्। नेता रावलले विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्न दिन नहुने जिकिर गरेका छन्। नेता रावलले ट्वीटरमा लेखेका छन्, ‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे के सूर्य चिन्ह बिक्री हुने व्यावसायिक चिन्ह हो र यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो

नेपाल परिवार दलले पनि सूर्य चिन्ह लिएर चुनाव लड्ने

नेपाल परिवार दलले पनि स्थानीय तह चुनावमा सूर्य चिन्ह लिएर चुनाव लड्ने भएको छ। नेकपा एमाले र परिवार दलबीच भएको पाँच बुँदे सहमति अनुसार परिवार दलले सूर्य चिन्ह लिएर चुनाव लड्न पाउने भएको हो । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दुई दलबीच चुनावी तालमेल गरेर अघि बढ्ने सहमति भएको छ । नेकपा एमालेका स्थानीय विकास विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच गठबन्धन गर्ने सहमति भएको हो । सहमति अनुसार नेपाल परिवार दलका उम्मेदवारले सूर्य चिन्ह लिएर चुनाव लड्न पाउ

सूर्य चिन्ह नपाउँदैमा चुनाव हारिँदैन : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सूर्य चिन्ह नहुँदैमा आफ्नो पार्टीलाई निर्वाचनमा कुनै पनि अप्ठ्यारो नपर्ने बताएका छन्।पार्टीनिकट मजदुरहरुको संगठन एकीकृत ट्रेड युनियन महासंघ, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले कलम चिन्ह लिएर दोस्रो चरणको राष्ट्रियसभा निर्वाचनमा पनि जित हासिल गरिसकेको स्मरण गराए।अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा पनि जित हासिल गर्नका लागि आफूहरुले वाम लोकतान्त्रिक शक्तिहरुसँग मिलेर जाने विषयमा छलफल चल

सूर्य चिन्ह नहुँदैमा निर्वाचनमा कुनै पनि अप्ठ्यारो पर्दैन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सूर्य चिन्ह नहुँदैमा आफ्नो पार्टीलाई निर्वाचनमा कुनै पनि अप्ठ्यारो नपर्ने बताउनुभएको छ । अध्यक्ष नेपालले कलम चिन्ह लिएर राष्ट्रियसभा निर्वाचनमा विजयको सुरुवात भइसकेको उल्लेख गर्दै सूर्य चिन्ह नहुँदैमा आगामी निर्वाचनमा कुनै अप्ठ्यारो नपर्ने दाबी गर्नुभएको हो । कसैकसैले पार्टी भित्रैबाट सूर्य चिन्ह नहुँदा अप्ठ्यारो पर्छ कि भनेर […]

ओली बाहेकले सूर्य चिन्ह दाबी गर्न मिल्दैन : मन्त्री रायमाझी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दल बाहेकले सूर्य चिन्ह दाबी गर्न नमिल्ने बताएका छन् ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज फिदिममा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले अर्को पक्षका प्रथम अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) हालसम्म सूर्य चिन्हबाट चुनाव नलडेकाले उक्त चिन्ह दाहालको नेतृत्वले पाउन नसक्ने बताए ।“प्रचण्डले अहिलेसम्म सूर्य चिन्हमा चुनाव लड्नुभएको छैन, जुन चिन्ह आफूले प्रयोग गरेको छैन, त्यही कसरी दाबी गर्न मिल्छ”, र