नेपाल परिवार दलले पनि स्थानीय तह चुनावमा सूर्य चिन्ह लिएर चुनाव लड्ने भएको छ। नेकपा एमाले र परिवार दलबीच भएको पाँच बुँदे सहमति अनुसार परिवार दलले सूर्य चिन्ह लिएर चुनाव लड्न पाउने भएको हो । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा दुई दलबीच चुनावी तालमेल गरेर अघि बढ्ने सहमति भएको छ । नेकपा एमालेका स्थानीय विकास विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच गठबन्धन गर्ने सहमति भएको हो । सहमति अनुसार नेपाल परिवार दलका उम्मेदवारले सूर्य चिन्ह लिएर चुनाव लड्न पाउ