कफी निर्यात ११ र आयात १ सय ५५ प्रतिशतले बढ्यो

काठमाडौं। पछिल्लो समय नेपालमा कफी संस्कृतिको विकास भएसँगै यसका प्रयोगकर्ता बढेका छन् । फलस्वरूप नेपाली कफी निर्यातभन्दा विदेशी कफी आयात हरेक वर्ष बढ्दो क्रममा रहेको पाइएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष (आव) २०७९/८० मा कफी निर्यात ११ प्रतिशतले बढ्दा आयात १ सय ५५ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार आव २०७९/८० मा नेपालबाट १३ करोड ४ लाख ४१ हजार रुपैयाँको ७७ दशमलव ८६ मेट्रिक टन कफी निर्यात भएको थियो । उक्त वर्ष ३२ करोड ५८ लाख ६६ हजार रुपैयाँको ४ सय ५० मेट्रिक टन कफी आयात भएको छ । यस वर्ष नेपालमा ३ हजार ६ सय ५५ हेक्टर जमीनमा कफीखेती भएको तथ्यांक छ । अघिल्लो आव २०७८/७९ मा ११ करोड ७० लाख ८५ हजार रुपैयाँको ६९ दशमलव ५१ मेट्रिक टन कफी निर्यात भएको थियो । उक्त वर्ष १२ करोड ७५ लाख ९० हजार रुपैयाँको २ सय ७९ दशमलव ८१ मेट्रिक टन कफी आयात भएको तथ्यांकले देखाएको छ । यस वर्ष नेपालमा ३ हजार ३ सय ४३ हेक्टर जमीनमा कफीखेती भएको थियो । यो तथ्यांकले नेपालमा कफी प्रयोग गर्नेको संख्या बढेको छ भनेर सजिलै अनुमान लगाउन सकिने देखिन्छ । बोर्डका निर्देशक डा. दीपक खनालले कफी आयात अप्रत्याशित रूपले बढ्नुको प्रमुख कारण आन्तरिक खपत भएको बताए । उनका अनुसार पछिल्लो समय नेपालमा कफी पिउने प्रवृत्ति संस्कृतिकै रूपमा विकास भइरहेकाले क्याफे तथा आउटलेटको संख्या पनि ह्वात्तै बढेको पाइन्छ । ‘कफीको प्रयोग बढ्दै गयो, उक्त अनुपातमा उत्पादन वृद्धि हुन सकेन । यसले आयातलाई प्रोत्साहन गरेको देखिन्छ,’ उनले भने । खनालका अनुसार नेपालमा खपत हुने कफीको ठूलो परिमाण छिमेकी राष्ट्र भारतबाट आयात हुन्छ । पछिल्लो समय कफीको मूल्य पनि व्यापक बढेको छ । यसअघि कफी आयात गर्दा भन्सारमा ४० प्रतिशत शुल्क लाग्ने गरेकोमा अहिले ५८ प्रतिशतसम्म लाग्छ । ‘यसले पनि मूल्यको हिसाबले आयात तुलनात्मक रूपमा बढी देखिन्छ,’ उनले भने । बोर्डको तथ्यांकअनुसार नेपालमा कफी रोपण क्षेत्र बढ्दै गए पनि उत्पादनचाहिँ घट्दै गएको छ । आव २०७१/०७२ मा २ हजार ३ सय ८१ हेक्टर जमीनको खेतीबाट ४ सय ६३ मेट्रिक टन कफी उत्पादन भएको थियो । आव २०७९/८० मा ३ हजार ६ सय ५५ हेक्टरको खेतीबाट ३ सय ९४ मेट्रिक टन मात्रै उत्पादन भएको छ । नेपालमा कफी खेती हुने क्षेत्रफलको तुलनामा उत्पादन बढ्न नसक्नुमा कफीको प्रजातिमा अनुसन्धान नहुनु एउटा कारण भएको निर्देशक खनाल बताउँछन् । उनका अनुसार नेपालमा वर्षौंदेखि अराबिका प्रजातिको कफी मात्रै खेती भइरहेको छ । अरू प्रजातिले उत्पादन राम्रो दिन सक्छ कि भन्ने विषयमा अनुसन्धान हुनुपर्ने आवश्यकता उनले औंल्याए ।  कफी रोपिसकेपछि उत्पादन हुन ४/५ वर्ष लाग्ने हुन्छ । यसले गर्दा यस वर्ष खेती भएको कफी तथ्यांकमा समावेश भइसकेको हुन्छ । त्यसले प्रतिफल दिन ४/५ वर्ष कुर्नुपर्ने भएकाले खेती भएको क्षेत्रफलको तुलनामा उत्पादन कम देखिन गएको उनको भनाइ छ ।

सम्बन्धित सामग्री

निर्यात घट्यो तर आयात बढ्यो

काठमाडौँ : चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा देशमा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ बराबरको माल वस्तुको आयात गरेको छ।गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब ९९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो। गत आवको तेस्रो महिनाको तुलनामा चालु आवको तेस्रो महिनासम्म कूल आयात १ दशमलव ६९ प्रतिशतले बढेको छ।भन्सार विभागले आज (आइतवार) सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार ३ महिनामा नेपालको निर्यात भने २ दशमलव २६ प्रतिशतले ओरालो लागेको छ। विभागका अनुसार सो अवधिमा नेपालबाट ४० अर्ब ८७ करोड

विद्युत खपत घट्यो, निर्यात बढ्यो

आर्थिक मन्दीसँगै विद्युत खपत घटेको छ भने निर्यात बढेको छ । यो वर्ष विद्युत निर्यात १० प्रतिशतले बढेको हो । आर्थिक सर्वेक्षण २०७९/८० अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा प्रतिघण्टा १५.९ प्रतिशत गिगावाट बिजुली निर्यात भएको छ । ‘चालु आर्थिक वर्षको फागुनसम्म भारतबाट १ हजार ११ गिगावाट घण्टा विद्युत आयात भएको छ भने १ हजार ५३ […]

आयात ३८.६ प्रतिशत र निर्यात ८२.९ प्रतिशतले बढ्यो

आर्थिक वर्ष २०७८/०७९ को ८ महिनाको अवधिमा आयात ३८.६ प्रतिशत र निर्यात ८२.९ प्रतिशतले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको वित्तीय स्थितिसम्बन्धी समीक्षा रिपोर्टमा यस्तो देखिएको हो। आठ महिनामा कुल वस्तु निर्यात ८२.९ प्रतिशतले वृद्धि भई रु १४७ अर्ब ७५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७.८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १०४.२ प्रतिशत र २९.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात १

रसुवा गढीनाकाबाट खाद्य सामग्रीको आयात बढ्यो

रसुवा । रसुवागढी नाकाबाट चिनियाँ खाद्य सामग्रीको आयात गत आर्थिक बर्षको छ महिनाको तुलनामा तीन गुनाले बढेको छ । गत आर्थिक वर्षको पुस मसान्त सम्ममा चौवालीस टन मात्र खाद्य सामग्रीको आयात भएकोमा चालू आर्थिक वर्षको ६ महिनामा एक सय ४६ टन चिनियाँ खाद्य सामग्रीको आयात भएको हो । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय […]

कृषिजन्य वस्तुको आयात बढ्यो, निर्यात घट्यो

झापा । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको निर्यातभन्दा दुई गुणाबढी आयात बढेको छ । विगतमा भने यो नाका भएर कृषिजन्य वस्तुको निर्यात बढी हुने गरेको क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्कले देखाएको छ चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा रु चार अर्ब १९ करोड ६० लाख छ हजार बढीको कृषिजन्य सामग्रीको आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको […]

दसैँमा दोब्बरले बढ्यो आयात

मुख्य चाडबाडको समय र कोभिड–१९ सङ्क्रमण दर पनि न्यून हुँदै गएपछि अन्तर्राष्ट्रिय व्यापारमा व्यापक वृद्धि भएको छ । नेपालीको मुख्य चाडबाड दसैँको महिना अर्थात् असोजमा मात्रै अन्तर्राष्ट्रिय व्यापारको आकार दुई खर्ब रुपियाँ नजिक पुगेको छ । भन्सार विभागको असोजसम्मको व्यापार तथ्याङ्कअनुसार आयात र निर्यात दुवैमा भएको वृद्धिले समग्र व्यापार बढेको देखिन्छ । तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनासम्म नेपालले चार खर्ब ७८ अर्ब रुपियाँको वस्तु आयात गरेको छ जुन अघिल्लो आवको तीन महि

आयात–निर्यात दुवै बढ्यो

काठमाडौं । कोरोना महामारीको असहज अवस्थामा पनि गत आर्थिक वर्ष २०७७/७८ मा मुलुकको आयात –निर्यात दुवै बढेको छ । गत आव असार मसान्तसम्मको अवधिमा झन्डै साढे १५ खर्बको वस्तु तथा सेवा आयात भएको भन्सार विभागले जनाएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवको एक वर्षमा कुल १५ खर्ब ३९ अर्ब ८३ करोड […] The post आयात–निर्यात दुवै बढ्यो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

२० प्रतिशतले बढ्यो निर्यात व्यापार

काठमाडौं। चालू आर्थिक वर्षको नौ महिने अवधिमा नेपालको निर्यात व्यापार २०.२ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार उक्त वृद्धिसँगै नेपालको कुल निर्यात ९४ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। यस्तै, तथ्यांकअनुसार भारतमा २३.५ प्रतिशतले बढेको निर्यात चीनतर्फ भने २७.३ प्रतिशतले घटेको छ। यही अवधिमा १३.१ प्रतिशतले आयात बढेर ११ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ।

व्यापारमा थप प्रगति गर्दै चीन– आयात र निर्यात दुवै बढ्यो

चीनको आयात र निर्यात दुवै गत मार्च महिनामा वृद्धि भएको छ । मंगलबार सार्वजनिक विवरणमा अमेरिकापछि विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले कोभिड–१९ लाई नियन्त्रणमा लिएसँगै अर्थतन्त्रमा निरन्तर सुधार आएको देखिएको छ ।  पछिल्ला दिनहरूमा मुख्य विदेशी बजारहरूमा चिनियाँ सामानको माग बढेको चिनियाँ अधिकारीहरूले बताएका छन् । कोरोनाभाइरस विरुद्धको खोपको प्रभाव र कोभिडविरुद्धका प्रतिबन्धहरू खुकुलो बनाए सँगै चिनियाँ अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको र आगामी केही महिना यही स्थिति रहने चीनको भनाइ छ । ...