काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरूको हेरफेरको विषय थप पेचिलो बनेको छ । पार्टीबाट सरकारमा गएका मन्त्रीहरूसहितका १० सांसदले मन्त्री हेरफेरमा असन्तुष्टि जनाएर संसदीय दलको बैठक माग गरेका छन् ।
उनीहरूको मागबारे आजको पोलिटब्युरो कमिटीको बैठकमा छलफल नभएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनले पार्टीको निर्णयमा हेरफेर गर्नेगरी सांसदहरूले राखेका...