मन्त्री छान्न एकीकृत समाजवादीले बोलायो बैठक

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ । बिहान १० बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकले पार्टीका तर्फबाट मन्त्री हुने नेताहरुको नाम टुंगो लगाउने सो पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।नेकपा एकीकृत समाजवादीले निश्चित मापदण्डका आधारमा मन्त्री छनोट गर्ने जनाएको छ । यसैबीच नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी आज समाजवादीमा प्रवेश गर्दैछन् । जोशीलाई अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराउँदै छन् ।

सम्बन्धित सामग्री

एकीकृत समाजवादीका मन्त्री फेरिएसँगै पहिलो क्याबिनेट बैठक बस्दै

एकीकृत समाजवादी पार्टीका मन्त्री फेरिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।  दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ ।  प्रधानमन्त्री देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् । बैठकमा सरकारको नियमित एजेन्डाबारे छलफल हुने बताइएको छ । एकीकृत समाजवादीको तर्फबाट सरकारमा सहभागी भएका नयाँ चार मन्त्रीको यो पहिलो मन्त्रिपरिषद् बैठक हो । त्यसैगर

पार्टीको बैठक छाडेर एकीकृत समाजवादीका मन्त्री पद जोगाउन दौडधुपमा

काठमाडौँ – केन्द्रीय कमिटीको बैठक चल्दै गर्दा नेकपा (एकीकृत समाजवादी) का केही मन्त्री जिल्लाबाहिर पुगेका छन् भने केही पद जोगाउन दौडधुपमा लागेका छन्। मन्त्रिमण्डल हेरफेरको विषय पेचिलो भइरहेको बेला आयोजित केन्द्रीय कमिटीको बैठकमा सहभागी नभइ पर्यटनमन्त्री प्रेम आले धनगढी हुँदै डोटी पुगे भने बाँकी मन्त्री दिनभर पद बचाउने प्रयासमा लागे। स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ भने […]

मन्त्री हेरेफेर विवादको टुंगो लगाउन एकीकृत समाजवादीको बैठक आज

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक शनिबार बस्दैछ। बैठक बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित एक ब्याङ्क्वेटमा बोलाइएको छ। बैठकमा हालका मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने विषयमा पार्टीभित्र देखिएको विवादबारे छलफल गर्ने तयारी छ। एकीकृत समाजवादीले आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको तीन साता भएपनि कार्यान्वयन हुन सकेको छैन। बहालवाला मन्त्रीहरू सकभर आफू नहट्ने र हट्नैपरे नयाँ  आफू अनुकुल हुनुपर्ने गरी नेतृत्वलाई दबाब दिइरहेका छन्।

एकीकृत समाजवादीमा मन्त्री हेरफेरको विषयले भाँडभैलो

काठमाडौं, असार ११ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बाट सरकारमा सहभागी मन्त्रीले पार्टी निर्णय ‘अवज्ञा’ गरेका छन् । उनीहरूले ‘विद्रोह’ गर्ने संकेतसमेत गरेका छन् । मन्त्रीसहित १० सांसदले शुक्रबार संयुक्त पत्र लेख्दै ‘निर्णय नमान्ने’ भन्दै संसदीय दल बैठक बोलाउन नेतृत्वसँग माग गरेका छन् । एकीकृत समाजवादी अध्यक्ष एवं संसदीय दल नेतासमेत रहेका माधवकुमार नेपाललाई ध्यानाकर्षण […]

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । मन्त्री फेर्ने विषयले आन्तरिक विवाद चर्किएको बेला नेकपा (एकीकृत समाजवादी) ले आज शनिबार केन्द्रीय कमिटीको बैठक बोलाएको छ । भोलि आइतबारसम्म चल्ने बैठकमा बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, वर्तमान संगठनात्मक अवस्थाका बारेमा छलफल हुने बताइएको छ । पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा पार्टी स्थापना भएको करीब […]

एकीकृत समाजवादीको बैठक : मन्त्री हेरफेरको निर्णय कार्यान्वयमा जोड

९ असार, काठमाडौं । एकीकृत समाजवादी पार्टीले सचिवालयको निर्णयअनुसार मन्त्री हेरफेर हुने बताएको छ । बुधबार र बिहीबार बसेको सचिवालय बैठकले पार्टीको निर्णय कार्यान्वयनमा जोड दिएको हो । बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘अब दिनहरुमा होइन, घण्टाहरुमा मन्त्रीहरु हेरफेर गर्ने दिशामा लागिरहेको छ ।’ उनका अनुसार भोलि शुक्रबार भोलि पोलिटब्यूरो बैठक बस्नेछ भने […]

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्री हेरफेरको तयारी

सत्ता गठबन्धनको बैठक बुधबार बस्दै छ । दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । नेपाली काँग्रेसका एक नेताका अनुसार मन्त्री हेरफेरका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठकमा सरकारमा सहभागी काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी हुने छन् । बैठकमा राष्ट्रिय जनमोर्चालाई बैठकमा बोलाइएको छैन ।बजेट पारित भएपछि सत्ता गठबन्धन मन्त्री हेरफेरको तयारीमा जुटेको हो । एकीकृत समाजवादीले  जेठ २२ मै आफ्नो सबै मन्त्रीलाई फिर्ता बोलाउने नि

नेकपा (एकीकृत समाजवादी) मा मन्त्री छान्ने जिम्मा माधवलाई

नेकपा एकीकृत समाजवादीले मन्त्रालय बाँडफाँडका साथै मन्त्री छान्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । बिहीबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकपछि नेता विरोध खतिवडाले मन्त्रालय र मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई दिएको जानकारी दिए । मन्त्री र मन्त्रालय बाँडफाँडको जिम्मा अध्यक्षलाई नै दिएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा खतिवडाले भने, ‘हामीले सबै जिम्मा अध्यक्षलाई दिएका छौ ।’स्थायी कमिटी बैठक लगत्तै अध्यक्ष नेपाल गठबन्धनका शीर्ष नेताहरूको बैठकमा भाग लिन बालुवाटार गएका छ

मन्त्री छान्न नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक सुरू

काठमाडौं, २१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सकेसम्म आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । यसको लागि उनले सरकारमा सहभागी हुने दलका नेताहरुलाई मन्त्रीको नाम दिन भनिसकेका छन् । माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम हिजै टुँगो लगाएको छ । माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशि श्रेष्ठ, महेश्वर गहतराज र बोद्यमायाकुमारी यादवको नाम […]