काठमाडौं । न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले न्युनतम साझा कार्यक्रम तयार भएको बताएको छ । शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम तयार भएको जनाएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले आजको बैठकले आफ्नो प्रतिवेदनलाई पूर्णता दिएको बताउनुभयो […]