धनकुटा : नेकपाको (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष माधवकुमार नेपाल विरोध सभालाई सम्बोधन गर्न आगामी फागुन १ गते धनकुटा आउने भएका छन्। एक गते दिनको ११ बजेबाट धनकुटामा विरोध सभा हुने कार्यक्रम छ।प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटनपछि प्रचण्ड–नेपाल समूहले प्रतिगामी कदम भन्दै देशव्यापी विरोधसभा गरिरहेका छन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी धनकुटाले आयोजना गर्न लागेको विरोध सभामा ३ हजार कार्यकर्ता उतार्ने दाबी गरिएको छ। विरोध सभाको तयारी गर्ने काम भइरहेको नेकपा