विवेकशील साझा पार्टीका केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख दिपक प्रसाद उप्रेतीले पदबाट राजीनामा दिएका छन्। २०७५ फागुनमा पार्टीको औपचारिक सदस्यता लिएका उप्रेती मध्यपूर्वको सद्भाव समूहको संयोजक, हुँदै २०७७ असोजमा केन्द्रीय सदस्यमा मनोनित भएका थिए। केन्द्रीय सदस्य नियुक्त भएसँगै केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख र त्यसको लगत्तै प्रशासनिक तथा अर्थ व्यवस्थापन समितिको सभापतिको समेत जिम्मेवारी पाएका उप्रेती पार्टीका आन्तरिक विवादहरूमा तटस्थ रहँदै आएका थिए।पछिल्लो समय राष्ट्रिय दल बाहेक अन्य प