काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा सत्तापक्षले गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दिएको आरोप लगाएका छन्। स्याङ्जा र बाजुरामा पुनः निर्वाचन गर्न एमालेले गरेको मागको वेवास्ता गरेको भन्दै पोखरेलले यस्तो आरोप लगाएका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘स्याङजा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधलीलाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ।’आयोग पुन मतदान गर्न अस्विकार गरेसँगै स्याङ्जामा मतगणना सुरु भ