जनकपुरधाम : धनुषामा करेन्ट लागेर एक युवकको र पोखरीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। धनुषाको मुखियापटी मुसहरनिया गाउँपालिका-६ वैरियामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २६ वर्षीय ललित यादव रहेको धनुषा प्रहरीले जानकारी दिएको छ।भैँसीलाई नुहाउन मोटर खोल्दा करेन्ट प्रवाह भइ घाइते भएका ललितलाई उपचारका लागि जानकी हेल्थकेयर जनकपुरमा ल्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए। त्यस्तै,धनुषाको जनकपुर उपमहानगरपालिका–११ लक्षमण अखडा बस्ने लक्ष्मण दासका १२ वर्षीय छो