नेपाल लोकतान्त्रिक खेलकुद संघ गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सार्न माग गरेको छ । विभिन्न उपसमिति समेत गठन गरेर सरकार प्रतियोगिताको तयारीमा जुटिसक्दा काँग्रेसनिकट नेपाल लोकतान्त्रिक खेलकुद संघले सो माग गरेको हो ।पोखरामा शुक्रवार पत्रकार सम्मेलनमा नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनले आफूहरुलाई अपनत्वसमेत नदिइएको र दशैं तिहारको बेलामा खेलकुद प्रतियोगिता उपयुक्त नहुने भएकोले मिति परिमार्जन हुनुपर्ने बताए । उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लागि