काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्कलाई निष्क्रिय बनाइएकोमा गुनासो गरेका छन्। शनिबार वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सार्कको अस्तित्व नै नभएजस्तो अवस्थामा रहेकाले गुनासो गरेका हुन्। ‘सार्कको अहिले अस्तित्व नै छैन जस्तो भइसक्यो। अस्तित्व छैन, यो डिजल्ट भनेर कसैले भनेको छैन। तर, यसको अस्तित्व मानेर संसार चल्ने खालको कुनै गतिविधि हुँदैन,’ उनले भने।&nb