काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले आउँदाे आर्थिक वर्षको बजेटले नेपालको प्राकृतिक स्रोतको परिचालन गरेर विदेशी मुद्रा भित्र्याउने लक्ष्य राखेको बताउनुभएकाे छ । आज आइतवार काठमाण्डाैमा आयोजित आईएमई लिमिटेडको २२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले उत्पादन वृद्धि गरेर निर्यात गरी विदेशी मुद्रा आर्जन गरिने उल्लेख गर्नुभयो ।
मन्त्री शर्माले सेवा निर्यातलाई पनि प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो बजेटले रेमिट्यान्सकाे रूपमा आउने पैसा मात्रै ल्याउने उद्देश्य राखेको छैन । विशेषरूपम...