चैत २९, काठमाडौं । सेनेटरी वेयर स्पेस र प्रिमियम बाथरूम समाधान गर्दै आएको कम्पनी रोका बाथरूम प्रोडक्ट्स प्रालिले निरन्तर बढ्दो ब्रान्ड इकोसिस्टमको फाइदा उठाउन आठ ओटा नयाँ शोरुमको सञ्चालनमा ल्याएको छ ।
कम्पनीले नेपालका प्रमुख शहरहरु काठमाडौं, पोखरा, बुटवल र भैरहवामा आफ्नो ब्रान्डको उपस्थितिलाई बलियो बनाउन नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।
शोरुमको शुभारम्भ गगर्दै रोकाबाथ रूम प्रोडक्ट्सका प्रबन्ध निर्देशक केई रंगनाथनले ब्रान्डको पहुँच विस्तार गर्न र नेपाली बजारमा बलियो उपस्थिति राख्न पाउँदा खुसी लागेको बताए ।
साथै उनले फरक उत्पादनहरू र सेवाहरू नयाँ बजारहरूमा प्रवेश गरेको बताए । उनले नेपाल भ्रमणको अवसर पारि रोका बाथरूम प्रोडक्ट्स प्रालिको आठ ओटा नयाँ शोरुम, पाँच ओटा ब्रान्ड प्यारीवेयर र तीन ओटा ब्रान्ड रोकाको उद्घाटन पनि गरे । सो अवसरमा ब्रान्ड प्यारी वेयरले नेपालमा बलियो उपस्थिति जनाउँदै २० प्रतिशतको बजार हिस्सा बनाएको जानकारी दिइएको छ ।
कम्पनीका लक्जरी ब्राण्ड अरमानी रोका र लाउफेन बलियो रिटेल उपस्थितिका साथ नेपालमा प्रवेश गर्ने तयारीमा रहेको पनि सो अवसरमा जानकारी दिइयो । ती नयाँ शोरुमहरूको शुुरुवातसँगै उक्त ब्रान्डले नेपालमा बलियो उपस्थिति जनाउँदै ग्राहकको विश्वास जित्ने लक्ष्य राखेको छ ।