धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढीमा करोडौँको लगानीमा होटल खुल्ने क्रम बढ्दै गएको छ।डेढ वर्षसम्म कोरोना भाइरसको महामारीले होटल व्यवसाय ठप्प नै रह्यो। अहिले होटल सञ्चालनमा आएका छन् तर पर्यटक नहुँदा व्यवसाय लयमा फर्किएको छैन। त्रिनगर–गौरीफन्टा नाका र गड्डाचौकी नाका भएर सुदूरपश्चिम भित्रिने भारतीय पर्यटकलाई निजी सवारीमा लगाइएको रोक कायमै रहेको छ। जसकाकारण पर्यटन र होटल व्यवसाय लयमा फर्कन थप समस्या भएको होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले बताए। &lsqu