ओखलढुंगा । ओखलढुंगाका गाउँघरबाट पानीघट्ट हराउन थालेको छ । अन्न पिस्नका लागि प्रयोग हुने पानीघट्ट आधुनिकतासँगै हराउन थालेको हो । जिल्लाका पात्ले, खिजीफलाटे, रावादोलु, भुसिंगा, रगनी लगायतका ठाउँका खोला क्षेत्रमा सञ्चालित पानीघट्ट लोप हुँदै गएको खिजीदेम्बा गाउँपालिका-९ का स्थानीय चक्रबहादुर तामाङले बताउनुभयो । पानीको फोहोराले मदानीमा हिर्काएपछि त्यसले जाँतो घुमाएर अन्न पिस्ने काम पानीघट्टले गर्छ […]