स्थानीय निर्वाचन घोषणा भएपछि सरकारले नागरिकता विधेयक अगाडि बढाउन तयारी गरेको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले संसद्मा पेस गरेको नागरिकता विधेयकका विवादित विषयमा सर्वदलीय सहमति जुटाउन गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल, सरोकारवालासँग निरन्तर छलफल गरेका छन् ।