विशेष अदालतले घूस लिएको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई ३ वर्ष ३ महिना जेल र ३९ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।पाठकलाई घूस बुझाएका नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेलाई पनि दोषी ठहर गर्दै अदालतले तीन वर्ष कैद र ३९ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।