गत वर्ष भएको कामको समेत भुक्तानी नहुँदा बागलुङमा ठूला सडक आयोजना निर्माण ठप्प भएको छ । बक्यौता भुक्तानी नपाएको र चालु वर्ष बजेटसमेत नहुँदा ती आयोजना कहिले सकिन्छ भन्ने अन्योल भएको छ ।
बागलुङ– गत आर्थिक वर्षको दायित्व भुक्तानी नपाउँदा काम छोडेर हिँडेका ठेकेदार काममा फर्किएका छन्। दायित्व भुक्तानी नपाएपछि प्रभावित बनेका चार ठूला सडक निर्माणले पुनः तीव्रता पाउने भएका छन्। सडक डिभिजन कार्यालय बागलुङ मातहतमा निर्माण भइरहेका साबिक धौलागिरि अञ्चलका तीन जिल्लाका चार ठूला सडक कालोपत्रको जिम्मा पाएका ठेकेदारले भुक्तानी पाएसँगै कामलाई तीव्रता दिएका हुन्। एक अर्ब […]
जिल्ला सदरमुकाम मन्थलीमा निर्माणाधीन १५ श-याको अस्पतालमा काम गर्ने मजदुरहरू भुक्तानी नपाएपछि समस्यामा परेका छन् । अस्पताल निर्माणको काम निर्माण कम्पनीले अलपत्र अवस्थामा छाडेपछि गत मङ्सिरदेखि मजदुरहरू भुक्तानी नपाएर समस्यामा परेका हुन् ।
बैतडी । गत आर्थिक वर्ष २०७६/०७७मा निर्माण सम्पन्न भएको गढी–गोठलापानी कालोपत्रे सडक ६ महिनामै भत्किएपछि पुनः निर्माण गरिएको थियो । भत्किएका ठाउँहरुमा पुनः कालोपत्रे गरिएपनि फेरी ६ महिना नवित्दै भत्किदा तेश्रो पटक निर्माण थालिएको छ । पौने ३ करोडमा ठेक्का पाएको केएस कन्सट्रक्सन धनगढीले सडकको काम सन्तोशजनक नहुँदा आवतजावतमा समस्या छ । स्थानीय व्यापारी खिमानन्द भट्टले भने,‘ठेकेदारले […]
दोलखा-माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम पूरा भएको ७ महिना बितिसक्दा पनि ठेकेदार आयोजनास्थलबाट फर्कन पाएको छैन । काम पूरा भएपछि आयोजनाको संरचना बनाउन ल्याइएका मेसिन, उपकरणहरू फिर्ता लैजान नपाएपछि आयोजनास्थलमै आफ्ना सामग्रीको सुरक्षाका लागि ठेकेदारका प्रतिनिधि कुरिरहेका हुन् ।आयोजनामा ४ वटा अन्तर्राष्ट्रिय ठेकेदारले काम गरे । जसमा सिभिलततर्फ चीनको सिनो हाइड्रो कर्पोरेसन, हाइड्रो मेकानिकाल र […]
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम पूरा भएको ७ महिना वितिसक्दा पनि ठेकेदार आयोजना स्थलबाट फर्कन पाएको छैन । काम पूरा भएपछि आयोजनाको संरचना बनाउन ल्याइएका मेसिन, उपकरणहरू फिर्ता लैजान नपाएपछि आयोजनास्थलमै आफ्ना सामग्रीको सुरक्षाका लागि ठेकेदारका प्रतिनिधि कुरिरहेका हुन्।आयोजनामा ४ वटा अन्तर्राष्ट्रिय ठेकेदारले काम गरे । जसमा सिभिलततर्फ चीनको सिनो हाइड्रो कर्पोरेसन, हाइड्रो मेकानिकाल र प्रसारण लाइनमा भारतीय कम्पनीहरूटेक्सम्याको एण्ड रेलवे इन्टरनेशनल र केइसी इन्टरनेशनलका साथै इलेक्ट्रिक
मंसिर ५, बैतडी । दुई वर्षको पारिश्रमिक नपाएको भन्दै सडकमा काम गर्ने लेन्थवर्करहरुले सडक अवरुद्ध पारेका छन् । आफूहरुले काम गरेको पैसा पाउनु पर्ने माग गर्दै अनशनमा बसेका बैतडीको पाटन पञ्चेश्वर सडकका लेन्थवर्करहरुले सडक अवरुद्ध पारेका हुन् ।
समय समयमा सम्बन्धित निकायलाई पारिश्रमिक पाउनु पर्ने भन्दै जानकारी गराउँदा र अनशनमा समेत बस्दा कसैले सुनुवाई नै नगरेपछि सडक अवरुद्ध गरेका हुन् ।
पाटन पञ्चेश्वर सडकमा कालोपत्रको काम चलिरहेको छ । यसअघि पनि असारको महीना २१ दिन अनशन बसेका लेन्थवर्करलाई तीन महीना ठेकेदार मार्फत् काम दिने र सडक हस्तान्तरण भएपछि त्यहि सडकमा नियुक्ति दिने र रोकेको दुई वर्षको पारिश्रमिक भुक्तानी गर्ने अश्वासन दिएपछि अनशन तोडिएको थियो ।
आश्वासन मध्ये तीन महीना ठेकेदारबाट काम दिएको र अहिले सडक हस्तान्तरण गरिसके पछि न नियुक्ति दिएको नत नपाएको दुई वर्षको पारिश्रमिकको व्यवस्था गरिदिएको लेन्थवर्कर जय राम भुलले बताए ।
आफूहरुका मागका विषयमा सुनुवाई नभएको भन्दै शनिवार बिहानदेखि पाटन–पञ्चेश्वर सडक अवरुद्ध गरेको लेन्थवर्कर जयराम भुलले बताए । ‘मंसिर १ गतेदेखि शान्तिपूर्ण रुपमा अनशन बसेको भएपनि कसैले चासो नदिएपछि सडक अवरुद्ध गरेका हौँ’ उनले भने, ‘हामीले हाम्रो पारिश्रमिक पाउनुपर्छ भन्दै आएका छौं । अहिलेसम्म कसैले पनि हाम्रा मागका बारेमा चासो दिएको छैन ।’
पाटन पञ्चेश्वर सडकमा १२ जना लेन्थवर्कर कार्यरत छन् । केन्द्र मातहत हुँदा समय समयमा तलब पाएको र प्रदेशमा जाँदा मात्रै पारिश्रमिक रोकिएको लेन्थवर्करहरुले बताएका छन् ।
पर्यटकीय र व्यापारिक केन्द्रको राष्ट्रिय गौरवको आयोजना रहेको कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामा कार्यरत मजदुर आन्दोलित भएका छन् । गलेश्वरदेखि नारच्याङ पुल खण्डको पहिलो प्याकेजको ठेकेदार कम्पनी शर्मा–युनाइटेडविरुद्ध मजदुरले आन्दोलन सुरु गरेका हुन् ।
बाजुरा : काम गरेको ज्याला नपाएपछि न्यायका लागि जिल्लीका स्थानीयवासी जिल्ला प्रशासन कार्यालय पुगेका छन् । बस्ती संरक्षण कार्यक्रमअन्तर्गत पहिरो प्रभावित क्षेत्रमा जाली भर्ने काममा लगाएको पनि ज्याला नदिएर ठेकेदार फरार ...