गैरआवासीय नेपाली संघमा (एनआरएनए) को पछिल्लो निर्णयले संस्थाभित्र थप विवाद चर्किएको छ । असन्तुष्ट समूहको विरोधका बीच बुधबार बसेको केन्द्रीय समिति (आईसीसी) को बैठकले संरक्षक परिषद तथा उच्चस्तरीय समिति खारेज निर्णय गरेको छ । यस्तै ५ दिनभित्र प्रतिनिधि शुल्क नबुझाएमा अमेरिका, युके, अस्ट्रेलिया, जापान, क्यानडा लगायतका राष्ट्रिय समन्वय परिषद (एनसीसी)हरुको आबद्धता खारेज गरी तदर्थ कार्य समिति बनाउने जस्ता निर्णय पनि बैठकले गरेको एक पदाधिकारीले बताए । प्रतिनिधि विवादका कारण गत अक्टोबर २०२