हामी नेपाल लिटरेचर फेस्टिभलमा छौं। यो नाम बढी साहित्यसँग सम्बद्ध छ। साहित्य भन्नेबित्तिकै आख्यान र गैरआख्यानको कुरा आउँछ। गैरआख्यानमा संविधान, कानुनका विषय आउँछन्। संविधान पनि साहित्यभित्रै पर्छ। संवैधानिक साहित्यको अवस्था के छ भने— साहित्यलाई जीवनको अंश मान्ने हो भने संविधान पनि समाजको अंश हुनुपर्थ्यो। समाजमा भित्र पस्नुपर्थ्यो। संविधान पनि हाम्रो आख्यान र गैरआख्यान दुवै क्षेत्रमा […]